प्रधानमन्त्री ओलीको प्रतिबद्धता :विश्वासको मतलाई बुद्धि,विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्छु

प्रधानमन्त्री ओलीको प्रतिबद्धता :विश्वासको मतलाई बुद्धि,विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्छु
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभाबाट दुईतिहाइ विश्वासको मत पाएपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

उनले सांसदहरुलाई धन्यवादसमेत दिएका छन्। उनले भनेका छन्,‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ। यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्नेछु। प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद।’

ओलीले संसदबाट आफूलाई दुईतिहाइ मत प्राप्त गरी शक्तिशाली प्रधानमन्त्रीको रुपमा उभ्याएका छन्।  प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको हो। मत दिन्न भन्ने पक्षमा १ मत परेको छ। प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी पेश गरेको प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए। बहुमतका लागि ओलीलाई १३८ मतको आवश्यक थियो। आइतबार प्रतिनिधिसभा बैठकमा २७५ सदस्यमध्ये २६३ जना सांसद उपस्थित थिए। 

नेकपा एमालेका अध्यक्ष ओलीलाई नेपाली कांग्रेस, एमाले,अशोक राई नेतृत्वको जसपा, जसपा नेपाल, जनमत र लोसपालगायतले विश्वासको मत दिए। नेकपा मा‌ओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमोर्चाले  विश्वासको मतको विपक्षमा मतदान गरे।  

असार ३० गते  प्रधानमन्त्री नियुक्त भएका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएका हुन्।  संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले उपधारा (४) बमोजिम विश्वासको मत लिएका हुन्।  दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। ओलीले प्रधानमन्त्री नियुक्त भएको एक हप्तामै  विश्वासको मत लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.