बजेट शून्यता

बजेट शून्यता
सुन्नुहोस्

संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने कर्मकाण्ड पूरा गर्न लाग्नुभन्दा मुख्यमन्त्रीले राजीनामा गरी मार्ग प्रशस्त गर्नु उत्तम हुन्छ ।

सरकारको बजेट भनेको आयव्ययको अनुमानित विवरणमात्रै होइन, राजस्वका दरहरूको कानुनी दस्तावेज पनि हो । राजस्व संकलनको ढोका पनि बजेट आएपछिमात्रै खुल्छ । बजेट ल्याउनै बेथिति हुँदा अनेक अस्तव्यस्तता छाउँछ । त्यही अनुभवबाट पाठ सिकेर संविधानमै हरेक वर्षको जेठ १५ गते संघीय सरकारले बजेट पेस गर्ने विधि स्थापित गर्नुपरेको हो ।

संविधानमै बजेटको मिति तय गरिएको दुर्लभ मुलुक हो नेपाल । संघपछि प्रदेश र स्थानीय सरकारले बजेट निश्चित मितिभित्र ल्याउनुपर्ने कानुनी बाध्यकारी व्यवस्था गरिएको छ । यसै पनि आर्थिक वर्ष नयाँ लाग्नुअघि नै बजेट ल्याउनु त सबै सरकारको धर्म नै हो । तर नैतिकताविहीन राजनीतिमा कानुनी व्यवस्थै गर्नुपर्‍यो ।

तर पनि कैयौं पालिकाहरूले नयाँ आर्थिक वर्ष लागिसक्दा पनि बजेट ल्याएका छैनन् । प्रदेश सरकार सुदूरपश्चिममा त बजेट ल्याउने पूर्ण कार्यकारी सरकारविहीनता र बजेट आएन नि बजेट शून्यता भएको छ । सुदूरपश्चिम प्रदेशमा बजेटविहीनता हुनुको कारण अरू केही होइन अस्थिर राजनीति र नैतिकताको खडेर परेको राजनीति हो । अल्पमतमा परिसकेपछि पनि मुख्यमन्त्री दीर्घ सोडारीले राजनीनामा गर्ने नैतिकता देखाएनन् । ५३ सदस्यीय प्रदेशसभा भएको प्रदेशमा चारमात्रै सदस्य भएको पार्टीको संसदीय दलका नेता मुख्यमन्त्री हुँदाको उपज पनि हो बजेटविहीनता । जसै संघीय सरकारको सत्ता साझेदारी बदलियो परकम्प प्रदेशहरूमा पनि पुग्यो र सुदूरपश्चिममा ठूलो झट्का लाग्यो ।

एमाले सुदूरपश्चिम सरकारबाट पछि हट्यो र सोडारी सरकार अल्पमतमा पर्‍यो । बजेटविहीन सरकार भएकैले त्यहाँ राजस्व संकलन हुन सकेको छैन । एकातिर राज्यले राजस्व पाएन, अर्काेतिर सर्वसाधारणहरूले सरकार अड्डाहरूका तिर्नुपर्ने कर तिर्न पाएनन् । उनीहरूको काम हुन पाएको छैन । यातायात, मालपोत र नापी, स्थानीय तहका लागि तोकिएका अधिकांश करहरू बन्द भएका छन् । अहिले प्रदेशमा बजेट शून्यताको अवस्था छ । दुःख त आखिर जनताले नै पाएका छन् ।

असार २० गते नै अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले अब बजेट अध्यादेशबाट ल्याउने प्रयत्न गरे भने झन् नै थप अनैतिक र गैरराजनीतिक अनि अलोकतान्त्रिक हुन्छ । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने कर्मकाण्ड पूरा गर्न लाग्नुभन्दा मुख्यमन्त्रीले राजीनामा गरी मार्ग प्रशस्त गर्नु उत्तम हुन्छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.