पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या
सर्लाही : पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति चन्द्रनगर गाउँपालिका -१ रतनपुरमा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार उनीमाथि धारिलो हतियार प्रहार भएको छ। रायको कसले हत्या गरेको खुलेको छैन। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ।
उनको घर मलंगवा नगरपालिका -४ भएपनि उनी रतनपुरमा आउजाउ गरिरहन्थे। थप विवरण आउन बाँकी रहेको छ।