साउनको पहिलो सोमबार : देवघाटमा दर्शनार्थीको भिड (फोटो फिचर)
चितवन : पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ। देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
बिहानैदेखि स्नानगर्ने र पुजा गर्नेको भिड लागेको छ। चितवन, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को संगमस्थल देवघाटमा साउनका सोमबारमा बोलबम मेला लाग्छ। साउन महिनाको सोमबार हिन्दुधर्मालम्बी विशेष महिमाको रुपमा पुजा गर्छन्। साउन महिनामा खास गरी हिन्दु धर्मालम्बीहरुले भगवान शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ।
देवघाटमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गरेका छन्।
तस्बिर : अनिल ढकाल