सुनको मूल्य बढ्यो,चाँदी घट्यो
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ४६ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएको हो।
त्यस्तै,तेजाबी सुन १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ५ सयमा कारोबार भएको थियो।
सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। आज प्रतितोला चाँदी २० ले घटेको छ । चाँदी आज १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो।