पुष्पलालको स्मृति दिवस

नेपाललाई समृद्ध, सुशासनयुक्त मुलुक हो भनेर विश्वलाई चिनाउने बेला आएको छ : उपाध्यक्ष शाक्य

पुष्पलालको ४६औं स्मृति दिवस

नेपाललाई समृद्ध, सुशासनयुक्त मुलुक हो भनेर विश्वलाई चिनाउने बेला आएको छ : उपाध्यक्ष शाक्य
सुन्नुहोस्

रामेछाप : नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस गृह जिल्ला रामेछापमा विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायत नेताहरूले आज बिहान मन्थलीमा निर्माण गरिएको तीनलाल पार्कमा संस्थापक महासचिव पुष्पलालसहित तीनलाल (गंगालाल, पुष्पलाल, कृष्णलाल)को प्रतिमामा माल्यार्पण गरेका छन्।

नेकपा (एमाले) मन्थली नगर कमिटीद्वारा आयोजित कार्यक्रममा उपाध्यक्ष शाक्यले देशमा राजनीतिक परिवर्तनको काम एक्लैले सम्भव नहुने निष्कर्षका साथ नेकपाका संस्थापक महासचिव पुष्पलालले राजतन्त्र फाल्न कांग्रेस र कम्युनिष्ट मिल्नुपर्छ भन्ने विचार अगाडि सारेको स्मरण गरिन्। 

निरङ्कुश पञ्चायती व्यवस्था अन्त्यका लागि नेपालका कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसको संयुक्त जनआन्दोलनबाट सम्भव भएकाले यसबाट पुष्पलाल दूरदर्शी नेता हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको बताइन्। उपाध्यक्ष शाक्यले भनिन्, ‘संस्थापक महासचिव पुष्पलालले भविष्यको समेत प्रष्ट दृष्टिकोण राख्ने गरेको र पार्टी नेता प्रधान होइन, नीति प्रधान हुनुपर्छ भन्ने उहाँको मूल धारणा रहेको थियो।’

पुष्पलालको विचार र जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आत्मसात गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउनुपर्नेमा उनले जोड दिइन्। एमाले अहिले सत्तामा मात्र नभएर मूल नेतृत्वमा नै भएकाले नागरिकका समस्या समाधानको प्रमुख जिम्मेवारी पनि एमालेकै काँधमा आएको उपाध्यक्ष शाक्यले बताइन्।  उनले भनिन्,‘देशमा स्थायित्व, सुशासन र समृद्धिको यात्रा अगाडि बढाउन सकियो भने हाम्रै कालमा नेपाललाई समृद्ध मुलुक बनाउन सकिन्छ।’ null

अहिलेको सरकारलाई सबैले साथ दिँदा मात्र बलिदानबाट प्राप्त गणतन्त्र संस्थागत र सुदृढ हुने उनको भनाई छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अहिले देशका दुई ठुला पार्टी एमाले र कांग्रेस मिलेर सरकार बनाएकाले अब अलमलिन जरूरी नरहेको बताइन्। एक अर्कामा अन्तर्विरोध सिर्जना गर्ने, आलोचन गर्नेभन्दा पनि देशको समृद्धि, देशको विकासको लागि सबैले इमानदारीपूर्वक काम गर्नुपर्ने उनको जोड थियो।

‘जसरी कृष्णलाल अधिकारी, गङ्गालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठले देश र लोकतन्त्रको लागि जीवन दिनुभयो, त्यसैगरी सबै लाग्ने हो भने देशले चाँडै मुहार फेर्ने उहाँको विश्वास छ। उपाध्यक्ष शाक्यले भनिन्,‘नेपाललाई समृद्ध, सुशासनयुक्त गणतान्त्रिक मुलुक हो भनेर विश्वलाई चिनाउन सक्छौं, त्यो काम गर्ने बेला आएको छ।’

शाक्यले  पुष्पलालको जीवनशैलीबाट के कुरा सिक्न सक्छौं भन्ने कुरा प्रमुख भएको बताइन्। 

पुष्पलालको ४६औं स्मृति दिवसको अवसरमा एमालेले आज भंगेरीमा विचार गोष्टीको समेत आयोजना गरेको छ।null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.