चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने, दावी पेश गर्न जाँदै

चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने, दावी पेश गर्न जाँदै
तस्बिर : अन्नपूर्ण

दाङ : नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए । ‘अहिले हामीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं,’उनले भने ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् ।

कांग्रेस र एमालेको गठबन्धन बनेसँगै पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोहीअनुसार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न जाने तयारी भइरहेको उनले बताए। 

प्रदेश प्रमुख अमिक शेरचनले सोमबार साँझ ६:३० बजेभित्र सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका थिए।  लुम्बिनीमा कांग्रेस–एमाले सत्ता गठबन्धन भएपछि माओवादी नेता जोखबहादुर महरा नेतृत्वको सरकार ढलेको हो । महराले आइतबार लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए ।

आचार्य कांग्रेसका २७ र एमालेका २९ सांसदसहितको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन्।  ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतको लागि ४४ सांसद भए पुग्छ । 

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका आचार्य जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। आचार्य लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.