अचाक्ली बढ्यो बैंकिङ कसुर

अचाक्ली बढ्यो बैंकिङ कसुर
सुन्नुहोस्

काठमाडौं : पछिल्लो समय समाजमा आर्थिक अपराध मौलाउँदै गएको छ। आव ०८०÷८१ मा देशभर १३ हजार २ सय ८३ वटा बैंकिङ कसुरका उजुरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार एक वर्षमा मुलुकभर ५९ हजार २ सय ३ वटा अपराधका घटना भए। जसमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा १८ हजार ४५ वटा अपराधका उजुरी प्रहरीमा दर्ता भए। 

प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार भएको एक कार्यक्रममा प्रहरी प्रवक्ता दानबहादुर कार्कीले अपराधका घटना बढेको जानकारी दिए। आर्थिक अपराधपछि देशभर सार्वजनिक हितविरुद्धको कसुरका घटना धेरै भए। देशभर १० हजार ७ सय ५६ वटा यस्ता कसुरका घटना दर्ता भएका छन्।   

२०८० साउनदेखि २०८१ असार मसान्तसम्म मुलुकभर लागुऔषधका ४ हजार ३ सय ९८ वटा, जबरजस्ती करणीका २ हजार ५ सय ७ वटा, ठगीसम्बन्धी १ हजार ८ सय ७४ वटा, सवारी ज्यानका १ हजार ७ सय ७५, ज्यान मार्ने उद्योगका १ हजार १९ वटा उजुरी दर्ता भएका छन्। 

यस्तै गतवर्ष अदालतको फैसला कार्यान्वयनतर्फ १४ हजार ७ सय ६४ जनालाई पक्राउ गरिएको छ। ४ हजार ७ सय ६१ जना बालिका गत वर्ष हराएकोमा ४ हजार १ सय ८२ जनालाई प्रहरीले फेला पारेर सम्बन्धित परिवारमा बुझाएको छ। यस्तै गत वर्ष १ हजार ८ सय २९ जना बालकहरू हराएका थिए, जसमा १ हजार ६ सय ४९ जना फेला परेका छन्। 

प्रहरी प्रवक्ता कार्कीले अपराधका घटना बढ्दै गर्दा यसको अनुसन्धान र निगरानी गर्न प्रहरीमा उच्चस्तरीय प्रविधिहरू प्रयोग हुन थालेको जानकारी दिए। अपराध अनुसन्धानका लागि प्रहरी संगठनले डिजिटल इभिडेन्स पनि प्रयोग गर्न थालेको उनले जानकारी दिए। 

उनका अनुसार अपराध अनुसन्धानका लागि प्रहरीले अत्याधुनिक प्रविधि, ल्याब, सफ्टवेयर तथा डाटा सेन्टरको समेत प्रयोग गर्दै आइरहेको छ। प्रहरी प्रधान नक्सालले दिएको जानकारीअनुसार गतवर्ष नेपाल प्रहरीले ४६ वटा रेड नोटिस जारी गरेको छ। 

यस्तै १९ वटा डिफ्युजन नोटिस र १७ वटा एरेस्टेट नोटिस जारी गरेर आरोपी पक्राउ गरेको छ। गतवर्ष देशभर ७ हजार ३ सय २५ वटा 
विपद्का घटना घटे। जसमा नेपाल प्रहरीका ६१ हजार २ सय २३ जना कर्मचारी खटिएका थिए। उनीहरूले १ हजार ६ सय ५३ जना घाइतेलाई उद्धार गरेका छन्। यस्तै ४ सय ५६ वटा शव व्यवस्थापन गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.