खोलाले बगाएर दुई बालबालिकाको मृत्यु

खोलाले बगाएर दुई बालबालिकाको मृत्यु

धरान : खोलाले बगाएर दुईजना बालबालिकाको मृत्यु भएको छ। सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा खोलाले बगाएर दुईजना बालबालिकाको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए। 

आइतबार सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–१ का विष्णु परियारको ७ वर्षीय छोरी विविशा परियारलाई सुनसरी खोलाको किनारामा खेल्नेक्रममा खोलाले बगाएर मृत्यु भएको दाहालले जानकारी दिए। 

त्यस्तै मोरङको सुनवर्सी नगरपालिका–७ सुकुम्वासी टोलका श्रीकुमार ऋषिदेबको ९ वर्षीय छोरा अमन ऋषिदेवको मरिया खोलामा पौडी खेल्नेक्रममा खोलामा डुबेर मृत्यु भएको दाहालले बताए। घटनापश्चात प्रहरीले दुबै जनाको शव फेला पारेर परिवारलाई बुझाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.