लागूऔषधसहित पाँच जना पक्राउ

लागूऔषधसहित पाँच जना पक्राउ
सुन्नुहोस्

धरान : सुनसरी, मोरङ र झापाको विभिन्न स्थानबाट लागूऔषध सहित पाँच जना पक्राउ परेका छन्। 

आइतबार राति सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान-१७ का ३२ वर्षीय जीवन राई र २५ वर्षीय मनिष लिम्बुलाई ट्रामाडोल ८२० ट्याब्लेटसहित नियन्त्रणमा लिएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जानकारी दिए। 

त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले मेचीनगर नगरपालिका-६ मा भारतबाट नेपाल आउँदै गरेका १९ वर्षीय निर्दोश डाँगीलाई ३ ग्राम ५ सय २० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको उनले बताए। 

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ का २० वर्षीय जिवछ खत्वे र मोरङ उर्लावारी-४ का ३३ वर्षीय सबिन बुढाथोकीलाई नाईट्रोजेपाम ३० चक्की सहित नियन्त्रणमा लिएको प्रवक्ता दाहालले बताए। 
पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको उनले बताए।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.