कालीगण्डकी नदिले बगाउँदा बालक बेपत्ता

कालीगण्डकी नदिले बगाउँदा बालक बेपत्ता
फाइल तस्बिर।
सुन्नुहोस्

बागलुङ : कालीगण्डकी नदिमा पौडिन गएका बागलुङका एक बालकलाई नदिले बगाउँदा बेपत्ता भएका छन् । बागलुङको निसीखोला गाउँपालिका–१ लेवाङ घरभई आफन्तलाई भेट्न पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा आएका १४ वर्षीय सन्तु पुनलाई सोमबार कालिगण्डकी नदिले बगाउँदा बेपत्ता भएका हुन् ।

सोमबार साथीसँगै कालिगण्डकीमा पौडिन गएका सन्तुलाई नदिले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक भुवन बरामले बताए । उनले बेपत्ता सन्तुसँग पौडिन गएका १३ वर्षीय अर्जुन पुन र १४ वर्षीय वेद घर्तीमगर सकुशल रहेको जानकारी दिए । 

अर्जुन र वेदले सन्तुलाई कालिगण्डकीले बगाएको खबर गरेलगत्तै सोमबार नै प्रहरीको टोलीले खोजी कार्य तीव्र बनाएको प्रनि बरामले बताए । उर्लिंदो भेलमा पौडिएर कालीगण्डकी नदि तर्न खोज्दा सन्तुलाई बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । 

तीनै जना बालक एकसाता अघि अर्जुन पुनका आफन्तलाई भेट्नका लागि सहस्रधारा आएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रनि बरामले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.