कोशीका निवर्तमान मुख्यमन्त्री कार्की र धरानका मेयर हर्क साम्पाङविरुद्ध उजुरी

कोशीका निवर्तमान मुख्यमन्त्री कार्की र धरानका मेयर हर्क साम्पाङविरुद्ध उजुरी

धरान : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ। 

कोशीका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले निवर्तमान मुख्यमन्त्री कार्कीले भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै शान्ति सुरक्षाको माग गर्दै प्रशासन कार्यालयमा मंगलबार उजुरी दिएका हुन्। 

कार्कीले आफूलाई भौतिक आक्रमण गर्ने, ट्वाइलेटमा थुन्ने र जस्तोसुकै आक्रमण गर्ने धम्की दिएपछि आफूले शान्ति सुरक्षाको माग गर्दै कार्यालयमा उजुरी दिएको सचिव भट्टराईले बताए। कार्कीको धम्कीपछि मन्त्रालयमा काम गर्ने वातावरण नभएको र आफू असुरक्षित भएकाले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएको उनले बताए। 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सचिव भट्टराईको उजुरीमाथि छानबिन भइरहेको बताए। उनले सचिवलाई काम गर्ने वातावरण सिर्जना गर्ने बताए। 

त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)विरुद्ध पनि सार्वजनिक सम्पत्ति तोडफोड गरेको अभियोगमा उजुरी दर्ता भएको छ। 

धरान १३ को खहरे खोलामा कोशी प्रदेश सरकारको २० लाख लागतमा निर्माण गरिएको ग्याबिन तार भत्काएपछि उनीविरुद्ध कार्यालयमा उजुरी दर्ता भएको हो। उजुरी दर्ता हुँदासमेत कारबाही नभएको भन्दै धरान १३ का वडाध्यक्ष नेत्र काफ्लेले आपत्ति जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.