जनतामा आशा जगाउने गरी काम गर्न खानेपानी मन्त्रीको निर्देशन

जनतामा आशा जगाउने गरी काम गर्न खानेपानी मन्त्रीको निर्देशन
सुन्नुहोस्

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले जनतामा सिर्जित निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। 

मन्त्री यादवले मंगलबार काठमाडौंस्थित नेपाल खानेपानी संस्थान पुगेर संस्थानको खानेपानी वितरण प्रणालीलाई सुदृढ गर्दै जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिए। 'जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नुस्, के सहयोग चाहिन्छ, मन्त्रालय गर्न तयार छ,' उनले भने।

उनले नागरिकले शुद्ध खानेपानी खानका लागि संघर्ष समिति गठन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै जनतामा नेतृत्वप्रति चरम निराशा छाएको बताए। सोही क्रममा मन्त्री यादवले नेपाल खानेपानी संस्थानका गतिविधि, देशभर सञ्चालनमा रहेका कार्यालयको अवस्था, सञ्चालनमा रहेका परियोजना तथा कार्यक्रम र कार्यान्वयनका क्रममा आएका चुनौतीको जानकारी लिएका थिए।

मन्त्री यादवले आजै काठमाडौं उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालयको भ्रमण पनि गरे। भ्रमणका क्रममा उनले कम्पनीको इतिहास, गतिविधि, सञ्चालनमा रहेका परियोजना, तिनीहरूको कार्यान्वयनको अवस्था, प्रगति विवरण, आगामी कार्य योजना तथा चुनौतीबारेमा विस्तृत जानकारी लिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.