त्रिभुवन विमानस्थल बन्द : भैरहवामा डाइभर्ट हुन थाले विमानहरू

त्रिभुवन विमानस्थल बन्द : भैरहवामा डाइभर्ट हुन थाले विमानहरू
सुन्नुहोस्

भैरहवा : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाले विमानस्थल बन्द भएपछि काठमाडौं अवतरण गर्न लागेका विमानहरूलाई भैरहवातर्फ डाइभर्ट गरिएको छ । 

विमानस्थल बन्द भएको कारण भैरहवादेखि काठमाडौं र धनगढीदेखि काठमाडौं आन्तिरक उडान भरेको श्री एयरलाइन्सको दुईवटा विमान भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।

‘त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको कारण अवतरण गर्न नपाएका विमानहरू गौतमबुद्ध विमानस्थलतर्फ डाइभर्ट भइ अवतरण भएका छन्’, उनले अन्नपूर्ण पोष्ट्सगँ भने, ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल खुल्ला छ र आवश्यक परे हामी अन्तराष्ट्रिय विमानहरू पनि अवतरणका लागि अनुमति दिने तयारी अवस्थामा छौँ ।'

त्रिभुवन विमानस्थल बन्द हुँदा उडान अवतरण प्रभावित भएका छ । अवतरण गर्न लागेका केही अन्तराष्ट्रिय विमानहरू भारतीय आकाशमा ‘होल्ड’ भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.