पहिरोले त्रिदेशीय मार्ग अवरुद्ध, सयौं यातायात र हजारौं यात्रु अलपत्र

पहिरोले त्रिदेशीय मार्ग अवरुद्ध, सयौं यातायात र हजारौं यात्रु अलपत्र
सुन्नुहोस्

नुवाकोट : अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा त्रिदेशीय सडकमार्ग अवरुद्ध भएको छ। सडकमाथिबाट विशाल ढुंगोसहितको पहिरो खसेका कारण नुवाकोटको ठुलोखोलामा व्यस्त सडकमार्ग अवरुद्ध भएको हो। 

अविरल वर्षासँगै आएको पहिरोले त्रिदेशीय सडकमार्ग अन्तर्गत गल्छी–देवीघाट सडकमार्ग बुधवार अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। सडक अवरुद्ध हुँदा सयौं यातायातका साधन तथा हजारौं यात्रु बीचमै रोकिएका छन्। 

सो सडकमा दैनिक दुई सय मालबाहक तथा यात्रुबाहक साधनहरू गुड्ने गरेका छन्। सो सडकमार्ग अन्तर्गत रहेको बेलकोटगढी नगरपालिका ८ ठुलोखोलामा माथिबाट खसेको पहिराले सडक अवरुद्ध गरेको र पुर्ननिर्माण तथा मर्मत गरेर सडक सुचारु गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। 

उनका अनुसार अवरुद्ध सडक खुलाउनका लागि स्काभेटर, डोजरसहितका हेभी उपकरणका साथै ५० जनाभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।   

सडक अवरुद्ध हुँदा हजारौं यात्रुहरूलाई आवतजावतमा असहज भएको छ। सो सडक अवरुद्ध भएपछि विकल्पका रुपमा नुवाकोट र रसुवावासी छहरे–टोखा सडकमार्ग हुँदै काठमाडौं गइरहेका छन्। 

पहिराले अवरुद्ध गरेको त्रिदेशीय मार्गअन्तर्गत गल्छी–देवीघाट–त्रिशूली सडकमार्गको मर्मत तथा पुर्ननिर्माण कार्य सुरु गरिएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ। सो सडकमार्गको कतिपय स्थानमा पहिराले सडक नै कटान गरेर बगाएको छ। 
 
पहिरोग्रस्त क्षेत्रमा अवरोध हटाएर सडक मर्मत तथा पुर्ननिर्माण कार्य सुरु गरिएको छ। यातायात सुचारु गर्न एक दिन लाग्ने जनाइएको छ। 

पहिराले सर्वसाधारण तथा यात्रुहरूलाई समस्या गरेका कारण मर्मत तथा पुर्ननिर्माणका लागि सडक डिभिजन, विभाग तथा मन्त्रालयमा पहल गरिएको छ। अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडक खण्डअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको हो। 

सानाठुला गरि विभिन्न चार स्थानमा गएको पहिराले यातायात आवागमन अवरुद्ध भएको हो। दुई स्थानमा पहिरो खसेको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ। गएरातिको अविरल वर्षासँगै आएको पहिरोका कारण गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.