सौर्य एयरलाइन्स विमान दुर्घटनाबारे छानबिन हुन्छ : पर्यटनमन्त्री पाण्डे

सौर्य एयरलाइन्स विमान दुर्घटनाबारे छानबिन हुन्छ : पर्यटनमन्त्री पाण्डे

घटनाको निरीक्षण गर्न प्रधानमन्त्री केपीशर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि दुर्घटनास्थल पुगेका थिए। दुर्घटनास्थलको निरीक्षण गरेपछि प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा पुगेर आवश्यक व्रिफिङ लिएका थिए।

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे सरकारले छानबिन गर्ने भएको छ।  बुधबार विमान दुर्घटनालगत्तै घटनास्थल पुगेर निरीक्षण गरेका संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले घटनाबारे छानबिन हुने बताएका हुन्। मन्त्री पाण्डेले दुर्घटनामा घाइते भएका पाइलटको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाएकाहरूको परिवारप्रति संवेदना व्यक्त गरेका थिए।

'घटना दु:खद छ। दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति सरकार दु:ख व्यक्त गर्दछ,'उनले भने,' प्रारम्भिक जानकारी लिएका छौं। छिट्टै छानबिन हुन्छ।'

घटनाको निरीक्षण गर्न प्रधानमन्त्री केपीशर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि दुर्घटनास्थल पुगेका थिए। दुर्घटनास्थलको निरीक्षण गरेपछि प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा पुगेर आवश्यक व्रिफिङ लिएका थिए। 

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको CRJ7(Reg 9NAME) विमान दुर्घटनामा परेको थियो। दुर्घटनामा १८ जनाको निधन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि  गरेको छ। विमानका पाइलट मनिष शाक्यको भने उद्दार गरिएको थियो। उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।

प्राधिकरणका अनुसार उड्ने वित्तिकै दाहिनेतिर मोडिन गइ रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो। दुर्घटनाका कारण विमानमा आगो लागेको थियो। अग्निनियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि विमान पूर्णरुपमा जलेको  थियो।

नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट शाक्य र को-पाइलट एस कटवाल रहेका थिए। त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda सवार रहेका थिए। 

पाइलट शाक्यबाहेक अन्य सबैको निधन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। दुर्घटनामा एकै परिवारका तीनजनाको निधन भएको छ। सौर्य एयरलायन्सका प्राविधिक मनुराज शर्मा,उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको पनि सोही दुर्घटनामा परी निधन भएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.