संसदीय समितिमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनबारे आज छलफल हुँदै
काठमाडौं : प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ। आजको बैठकमा युरोपियन युनियन (इयू)को सुरक्षा सूची तथा नागरिक उड्डयन,नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमतिको विषयमा छलफल हुने शाखा अधिकृत प्रमिला पौडेल गौतमले जानकारी दिइन् ।
उनका अनुसार आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगतिबारे छलफल हुनेछ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक रुपमा नियमित उडान हुन सकेको छैन।