बचतकर्ताको रकम हिनामिना गरी सहकारी सञ्चालक बेपत्ता

बचतकर्ताको रकम हिनामिना गरी सहकारी सञ्चालक बेपत्ता
सुन्नुहोस्

धरान : सुनसरीको धरान उपमहानगरपालिका-१५ मा सञ्चालनमा रहेको श्रेय बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको करोडौं रुपैयाँ रकम हिनामिना गरी बेपत्ता भएका छन्। सहकारीका अध्यक्ष लोकबहादुर खापुङ र सञ्चालक समिति सदस्य चन्द्र बहादुर खापुङ बचतकर्ताको करोडौं रकम हिनामिना गरेर बेपत्ता भएको बचतकर्ता कुबेर गुरुङले बताए। 

सहकारीमा बचत गरेको रकम कुम्ल्याएर सञ्चालक बाबुछोरा बेपत्ता भएपछि पीडितहरूले न्यायका लागि पहल गरिदिन सरकारसँग माग गरेका छन्। सहकारीका सञ्चालक खापुङ बाबु छोराले ६ सय पाँच जना बचतकर्ताको ६९ करोडभन्दा बढी रकम हिनामिना गरेर फरार भएको अर्की बचतकर्ता लिना श्रेष्ठले बताइन्। 

भूतपूर्व बेलायती सेना समेत रहेका चन्द्रबहादुर र लोकबहादुरले बचतकर्ताको करोडौं रकम कुम्ल्याएर फरार भएपछि धेरै जना बचतकर्ताको बिचल्ली भएको उनको गुनासो छ। बचतकर्ताको रकम कुम्ल्याएर खापुङ बाबुछोरा बेपत्ता भएपछि उनीहरूका नाममा रहेको घरजग्गा समेत प्राइम बैंक, वाणिज्य बैंक र नबिल बैंकले लिलामी प्रक्रिया अगाडि बढाएको छ। 

बचतकर्ताको रकम डुब्ने गरि बैंकले खापुङ बाउछोराको घर जग्गा लिलामी निकालेपछि बचतकर्ताहरूले तत्काल लिलामी प्रक्रिया अगाडि नबढाउन अनुरोध गरिएको पीडित गुरुङले बताए। बचतकर्ताको रकम कुम्ल्याएर बाबु चन्द्रबहादुर बेलायत गएको र छोरा लोकबहादुर नेपालमै लुकेर बसेको पीडितहरूले बताएका छन्। 

बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी सञ्चालक बाबुछोरा विरुद्ध पीडितहरूले इलाका प्रहरी कार्यालय र जिल्ला अदालत सुनसरी मुद्दा दर्ता गराएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.