घाइते क्याप्टेन भन्छन्, ‘जहाज नियन्त्रणमा लिन सकिनँ’

घाइते क्याप्टेन भन्छन्, ‘जहाज नियन्त्रणमा लिन सकिनँ’
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सौर्य एयरलाइन्स दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यले जहाज उचाइ लिनासाथ अनियन्त्रित अवस्था सिर्जना भएको बताएका छन्। उपचारका क्रममा रहेका उनले झन्डै सय मिटर उचाइ लिएलगत्तै जहाज अनियन्त्रित भएको बताएका हुन्।

घाइते शाक्य उपचारमा संलग्न चिकित्सकसँग सामान्य कुराकानी गर्छन्। ‘जहाजलाई दुर्घटनाबाट जोगाउन कोसिस गर्दै नियन्त्रण लिन खोजेँ। प्रयास सफल हुन सकेन,’ शाक्यको भनाइ उदृत गर्दै एक चिकित्सकले भने, ‘एकैपल्ट कुनै वस्तुले आफूलाई थिचिएको महसुस गरेँ।’ छिटो उद्धार भएकै कारण आफू बाँच्न सफल भएको उनले बताए।

क्याप्टेन शाक्यको अवस्था ख्याल गर्दै धेरै कुराकानी गर्न दिइएको छैन। हाडजोर्नी, नाक, कान, घाँटी र नसा रोग विशेषज्ञ लगायतको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ। उनको शरीरको देब्रेपट्टिको ३ वटा करङ र ढाडको एउटा हड्डी भाँचिएको पाइएको छ। 

काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार गराइरहेका शाक्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ। अस्पतालकी निर्देशक प्राडा मीना थापाका अनुसार, शाक्यको आँखा, नाक तथा टाउकामा चोटपटक लागेको छ। 

‘ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिको ३ वटा करङहरू भाँचिएका छन्,’ डा. थापाले भनिन्, ‘अनुहार, नाक, आँखामा लागेका चोटहरूको उपचार भइसकेको छ। हालसम्म अन्य कुनै जटिलता देखिएको छैन। स्वास्थ्य अवस्था सामान्य नै छ।’

विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दाउड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो। विमानमा सवार १९ जनामध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। क्याप्टेन शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.