वर्षाले घर भत्किँदा जाजरकोटमा ८ जना घाइते

वर्षाले घर भत्किँदा जाजरकोटमा ८ जना घाइते
सुन्नुहोस्

जाजरकोट : अविरल  वर्षाको कारण गएराती जाजरकोटमा घर भत्किँदा ८ जना घाइते भएका छन्। छेडागाड नगरपालिका–१२ काँडागाउँका पदम अधिकारीको घर भत्किँदा परिवारका ८ जना घाइते भएका हुन्। 

शुक्रबार बिहान एक बजे घर भत्किएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा घरमुली ३५ वर्षीय पदम अधिकारी, १० वर्षका दिनेश अधिकारी, ३० वर्षकी सरिता अधिकारी, १४ वर्षका नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षकी सुजता अधिकारी, १६ वर्षकी संगीता अधिकारी र १४ वर्षका नवराज अधिकारी रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार ६ जनालाई जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ। पदम, दिनेश र सरीता गम्भीर घाइते भएका छन्। संगीता र नवराज सामान्य घाइते भएका छन्। उनीहरूलाई घरमै राखिएको छ। वर्षाका कारण ढुंगा, माटोले बनेको एकतले कच्ची घर भत्किएको डीएसपी पाण्डेले जानकारी दिए।

नलगाड न.पा. वडा नं.८ स्थित कायाखेत भन्ने स्थानमा  सडकमाथिबाट पहिरो आइ डोल्पा जाजरकोट सडक खण्ड अवरुद्ध भएको छ। पहिरोले अवरुद्ध बाटो खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.