फार्मेसीबाट प्रतिबन्धित औषधिको कारोबार, सञ्‍चालक पक्राउ

फार्मेसीबाट प्रतिबन्धित औषधिको कारोबार, सञ्‍चालक पक्राउ
सुन्नुहोस्

विराटनगर  : मोरङको एउटा फार्मेसी (औषधि पसल)बाट प्रतिबन्धित औषधिको कारोबार भइरहेको पाइएको छ । प्रतिबन्धित औषधि किनबेच हुने फार्मेसीमा प्रहरीले छापा हानेको छ । बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित जनसेवा मेडिकल नामक फार्मेसीमा शुक्रबार दिउँसो १ बजेतिर प्रहरीले छापा मारेको हो । 

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको सइ (प्रहरी नायव निरीक्षक) प्रवीण खड्का नेतृत्वको टोली र प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले संयुक्त रूपमा छापा हान्दा फार्मेसीबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएको छ । 

फार्मेसीबाट प्रेगाबलिन क्याप्सुल ३ सय २० ट्याब्लेट, स्पासरेट १ सय ५२, ट्रमाडोल ३ सय ९ र डिकोलिक २ सय ११ ट्याब्लेट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएका औषधिको कारोबार फार्मेसीबाट हुने गरेको पाइएको छ । 

प्रतिबन्धित औषधिसहित फार्मेसीबाट ७ हजार ३ सय रूपैयाँ प्रहरीले बरामद गरेको छ । प्रतिबन्धित औषधिको कारोबार गर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक महिलालाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार फार्मेसी सञ्चालक बूढीगंगा–६ की ५१ वर्षीया गेनावती चौधरीलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.