पौडी खेल्ने क्रममा खोलाले बगाउँदा २ किशोरीको मृत्यु

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा २ किशोरीको मृत्यु
सुन्नुहोस्

दैलेख : पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दैलेखमा दुई जना किशोरीको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको महाबु गाउँपालिका-३ बासीका उजिरसिंह बुढाको छोरी अन्दाजी १६ वर्षीया सपना बुढा र सोही ठाउँका ललित बुढाको छोरी अन्दाजी १६ वर्षीया भावना बुढाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले खोलाले बगाएका दुई जनाको मृत्यु भएको पुष्टि गरे। उनीहरूलाई शुक्रवार स्थानीय छामघाट खोलाको बादर खड्का तालमा पौडी खेल्ने क्रममा खोलाले बगाएको थियो। 

उनीहरूलाई बिहान ११ बजेतिर खोलाले बगाएको थियो। डीएसपी दाहालका अनुसार दुई जना किशोरीलाई खोलाले बगाएको भन्दै वडाध्यक्ष मिनबहादुर थापाले प्रहरी चौकी भैरवीमा टेलिफोनमार्फत खबर गरेका थिए। लगत्तै प्रहरीको टोली खटिएको थियो।

खोलाले बगाएका दुई जनाको खोजी गर्ने क्रममा बगाएको स्थानबाट तीन किमी टाढा स्थानीय सार्की खेत भन्ने स्थानमा सपना बुढालाई मृत अवस्थामा फेला पारेको डीएसपी दाहालले बताए। यस्तै भावना बुढालाई खोलाले बगाएको स्थानबाट ७ किमीको दूरीमा भैरवी गाउँपालिका–२ स्थित कुन्टेतालमा मृत अवस्थामा फेला परेको थियो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.