अमेरिकी दूतावासले गर्‍यो ‘क्रियटर्स मेला’

अमेरिकी दूतावासले गर्‍यो ‘क्रियटर्स मेला’
सुन्नुहोस्

काठमाडौं : अमेरिकी दूतावासले शुक्रबार काठमाडौंमा क्रियटर्स मेला आयोजना गरेको छ। नेपालका डिजिटल क्रियटरहरूलाई इन्टरनेटका माध्यमबाट सहभागिता बढाउन मद्दत गर्ने र नयाँ सिपहरू सिकाउने उद्देश्यले मेला आयोजना गरिएको हो।

दुई दिने मेलाको पहिलो दिनमा करिब ५०० जना डिजिटल क्रियटरको सहभागिता थियो।  

उक्त मेलामा पोडकाष्ट, सामाजिक सञ्जालमा सहभागिता बढाउने उपाय, सामाजिक सञ्जालको विकासमा एआईको भूमिका, भिजुअल स्टोरीटेलिङ कला, सामाजिक सञ्जालका नियम लगायतका विषयमा अन्तरसंवाद गरिएको थियो। 

नयाँ युवा डिजिटल क्रियटरहरूलाई प्रेरित गर्न गरिएको मेलामा २३ वर्षीय युवा चलचित्र निर्माता सुशील सापकोटा, पोडकाष्ट सञ्चालक सबिना कार्की, पोडकाष्ट सञ्चालक सुशान्त प्रधान, द हिमालयन टाइम्सका फोटो पत्रकार स्कन्द गौतम, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, सन्जोग कोइराला लगायतकाले समय सान्दर्भिक विषयवस्तुमा ‘कन्टेन्ट’ सिर्जना गर्नुपर्ने बताए।  

अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसनले कार्यक्रमको महत्वका विषयमा प्रकाश पारे। त्यसैगरी प्रवक्ता जेहरा नक्भीले अन्तरसंवाद कार्यक्रममा उपस्थित अतिथी एवं सञ्चालकहरूलाई उपहार प्रदान गरिन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.