टी ट्वान्टी विश्वकप २०२४ को नालीबेली

खेल

टी ट्वान्टी विश्वकप २०२४ को नालीबेली
फाइल तस्बिर।

टी ट्वान्टी विश्वकपको इतिहासमै पहिलोपटक अपराजित रहेर उपाधि जित्ने पहिलो टोली बन्यो।

सन् २००७ मा दक्षिण अफ्रिकाबाट सुरु भएको टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको नवौं संस्करण अमेरिका र वेस्ट इण्डिजमा आयोजना गर्ने निर्णय आईसीसीले नोभेम्बर २०२१ मा गरेको थियो। १ देखि २९ जूनसम्म सञ्चालित यो पटकको विश्वकपदेखि सहभागी टोलीको संख्या १६ बाट २० टिम पुर्‍याइएको थियो।

दुईवटा आयोजक (अमेरिका र वेस्ट इण्डिज) सहित २०२२ विश्वकपबाट स्वतः छनोट आठवटा टोली (अष्ट्रेलिया, ईंग्ल्याण्ड, भारत, नेदरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका), आईसीसीको वरियतामा उत्कृष्ट थप दुईवटा टोली (बंगलादेश र अफगानिस्तान) एवं क्षेत्रीयस्तरको छनोट प्रतियोगिताबाट बाँकी आठ टोली (युरोपेली क्षेत्रबाट आयरल्याण्ड र स्कटल्याण्ड, पूर्वी एशियाली प्रशान्त क्षेत्रबाट पपुवा न्यूगिनी, अमेरिकी क्षेत्रबाट क्यानडा, एशियाली क्षेत्रबाट नेपाल र ओमान, अफ्रिकी क्षेत्रबाट नामिबिया र युगाण्डा) सहभागी थियो।

क्यानडा र युगाण्डा नवप्रवेशीका रूपमा छनोट र अमेरिका पनि नवप्रवेशी नै हो तर सहआयोजकको नाताले स्वतः छनोट भएको थियो। पाँच टोली सम्मिलित चारवटा समूह प्रत्येकबाट शीर्षस्थ दुई टोली सुपर आठमा ५५ खेल अमेरिकाका तीन सहरमा १२ खेल बाँकी सबै क्यारिबियन राष्ट्रका ६ वटा मैदानमा खेलाइएको थियो। भारतले दक्षिण अफ्रिकालाई फाइनल खेलमा ७ रनले हराई भारतले दोस्रोपटक उपाधि जितेर ईंग्ल्याण्ड र वेस्ट इण्डिजसँग बराबरी गर्‍यो भने टी ट्वान्टी विश्वकपको इतिहासमै पहिलोपटक अपराजित रहेर उपाधि जित्ने पहिलो टोली बन्यो।

समूह चरण : प्रतियोगिताको पहिलो खेलमा अमेरिकाले क्यानडालाई पराजित गरी सबै खालको ‘फम्र्याट’मा पहिलो जित हासिल गर्‍यो। नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा गएर टुंगियो, जसमा नामिबियाले बाजी मार्‍यो। दक्षिण अफ्रिकाले श्रीलंकालाई केवल ७७ रनमा समेट्यो, जुन टी ट्वान्टीमा श्रीलंकाको हालसम्मकै सबैभन्दा कम स्कोरका रूपमा स्थापित भयो। युगाण्डाबीचको खेलमा अफगानिस्तानका फजलहक फारुकीले ५ विकेट चट्कायो।

क्रिकेट खेलमा एउटै खेलाडीेले ५ विकेट लिनुलाई ब्याट्सम्यानले शतक हानेसरह मानिन्छ। भारतले आयरल्याण्डलाई पराजित गरेको खेलमा रोहित शर्माले टी ट्वान्टीमा ४००० रन, टी ट्वान्टी विश्वकपमा १००० रन पूरा गर्‍यो। नवप्रवेशी युगाण्डाले पपुवा न्युगिनीलाई पराजित गरी विश्वकपमा पहिलो जित दर्ता गर्‍यो।

अष्ट्रेलियाले ओमानलाई हराएको खेलमा डेभिड वर्नरले एरोन फिन्चको ३१२० रनको रेकर्ड तोडेर टी ट्वान्टीमा अष्ट्रेलियाका लागि सबैभन्दा उच्च ‘स्कोरर’ भए। पाकिस्तान र अमेरिकाको बीचको खेलमा बराबरीमा टुंगिएपछिको ‘सुपर ओभर’मा अमेरिकाले पाकिस्तानलाई स्तब्ध पार्‍यो। सोही खेलमा पाकिस्तानका कप्तान बाबर आजमले विराट कोहलीको सर्वाधिक रनको रेकर्ड भंग गर्‍यो।

७ जूनमा क्यानडाले आयरल्याण्डलाई पराजित गरी युगाण्डाले जस्तै पहिलो मौकामै विजय हात पार्‍यो। दक्षिण अफ्रिकाले नेदरल्याण्डलाई ९ विकेटको क्षतिमा १०३ मा सीमित गर्न सफल भए पनि आफ्नो पारीमा केवल १२ रन बोर्डमा लाग्दा ४ विकेट गुमाइसकेका थिए। तर डेविड मिलर (५९ नट आउट) ले ट्रिस्टान स्टब्सको साझेदारीमा ४ विकेटको विजय हासिल गर्‍यो। अष्ट्रेलियाले ईंग्ल्याण्डलाई पराजित गरेको खेलमा टी ट्वान्टीमा ईंग्ल्याण्डका क्रिस जोर्डनले सयौं विकेट हासिल गर्‍यो। वेस्ट इण्डिजले युगाण्डालाई केवल ३९ रनमै समेटेर २०१४ टी ट्वान्टी विश्वकपमा श्रीलंकाले नेदरल्याण्डलाई ३९ रनमै समेटेको रेकर्ड बराबरी गर्‍यो। यस खेलमा वेस्ट इण्डिजका अकिल हुसेनले एकै खेलमा ५ विकेट लिएका थिए।

भारत र पाकिस्तानको बीचको प्रतिद्वन्द्वात्मक खेलमा भारतलाई ११९ रनमा समेटे पनि पछि आफ्नो पारीमा पाकिस्तानले लक्ष्य भेट्टाउन सकेन। यसरी भारत टी ट्वान्टी विश्वकपमा सबैभन्दा कम रनको योगफल जोगाउन सक्ने टोली भयो। त्यसो त २०१४ टी ट्वान्टी विश्वकपमा नेदरल्याण्ड विरुद्धको खेलमा श्रीलंकाले ११९ रन डिफेन्ड गरेको थियो। ९ जूनमा स्कटल्याण्डसँग पराजित भएसँगै ओमान यस विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो।

दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध संघर्षपूर्ण जित हासिल गर्‍यो। २३ रनमा ४ विकेट झरिसकेको स्थितिबाट सम्हालिएर हेनरिक क्लासेनको व्यक्तिगत ४६ रनको योगदानमा ११३ को योगफल बनाउन सफल भयो। पाकिस्तानले क्यानडालाई हराएको खेलमा हरिश राउफले टी ट्वान्टीमा १००औं विकेट हाँसिल गर्न सफल भयो। नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण अवरुद्ध भयो। जसले गर्दा दक्षिण अफ्रिका सुपर आठमा पुग्न सफल भयो। त्यही दिन अष्ट्रेलियाले नामिबियालाई पराजित गरेसँगै अष्ट्रेलिया सुपर आठमा पुग्यो भने नामिबिया प्रतियोगिताबाट बाहिरियो।

उक्त खेलमा अष्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिएसँगै टी ट्वान्टीमा १०० विकेट लिने पहिलो अष्ट्रेलियन बलर पनि बने। १२ जूनमा वेस्ट इण्डिजले न्यूजिल्याण्डलाई १३ रनले पराजित गरेको खेलमा वेस्ट इण्डिजका निकोलस पुरनले क्रिस गेलको १८९९ को रनको रेकर्ड उछिन्यो।

बंगलादेश र नेदरल्याण्डबीचको खेलमा नेदरल्याण्ड २५ रनले हार्नाले त्यही समूहका बलियो टोली श्रीलंका पनि प्रतियोगिताबाट बाहिरियो। १४ जूनका दिन ओमानले दिएको ४८ रनको लक्ष्य ईंग्ल्याण्डले केवल ३.१ ओभरमै हासिल गर्‍यो। युगाण्डाले दिएको ४१ रनको लक्ष्य न्यूजिल्याण्डले केवल ५.२ ओभरमा पूरा गर्‍यो। वर्षाका कारण १० ओभरमा घटाइएको ईंग्ल्याण्ड र नामिबियाबीचको खेलमा नामिबिया ४१ रनले पराजित (डीएलएस विधि) भयो।

उक्त खेलमा नामिबियाका निको डेमिन यस विश्वकपमा घाइते भई बाहिरिने पहिलो खेलाडी बने। अन्तिम खेलमा श्रीलंकाले नेदरल्याण्डलाई हराएसँगै नेदरल्याण्ड प्रतियोगिताबाट बाहिरियो भने बंगलादेश सुपर आठमा पुग्न सफल भयो।

न्यूजिल्याण्डले पपुवा न्यूगिनीलाई ७ विकेटले हराएको खेलमा न्यूजिल्याण्डका लोकी फेग्र्युसनले ४ मेडन राखी ३ विकेट लिई कीर्तिमान खडा गर्‍यो। एकै खेलाडीले ४ नै ओभर मेडन राख्नु दुर्लभ मानिन्छ। एकै ओभरमा ६ वटा छक्का हानेर ३६ रन बटुल्ने टी ट्वान्टी विश्वकपमा दोस्रो तथा टी ट्वान्टीमा पाँचौं खेलाडी बने। सुपर आठ पुगेका टोलीमध्ये अष्ट्रेलिया, वेस्ट इण्डिज र दक्षिण अफ्रिकाले समूह चरणमा शतप्रतिशत जित हासिल गरे।

सुपर आठ, सेमी फाइनल अनि फाइनल : सुपर आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई, ईंग्ल्याण्डले वेस्ट इण्डिजलाई अनि भारतले अफगानिस्तानलाई हराए। डीएलएस विधिबाट बंगलादेशलाई हराएको खेलमा अष्ट्रेलियाका प्याट कमिन्सले यस विश्वकपकै पहिलो ह्याट्रिक लिन सफल भए। जुन टी ट्वान्टी विश्वकपको सातौं ह्याट्रिक थियो। त्यसैगरी, अफगानिस्तानले अष्ट्रेलियालाई स्तब्ध पारे।

अमेरिकाले ईंग्ल्याण्डलाई दिएको ११६ को लक्ष्य बिना विकेट गुमाई केवल ९.४ ओभरमै पूरा गरे भने यस खेलमा ईंग्ल्याण्डका क्रिस जोर्डनले ह्याट्रिक लिन सफल भए भने जस बटलरले नवौं ओभरमा हरमित सिंहको बलिङमा लगातार ५ छक्का ठोके। सेमीफाइनल पुग्ने टोलीमध्ये दक्षिण अफ्रिका र भारतले मात्र शतप्रतिशत जित हासिल गर्न सफल भए।

अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको पहिलो सेमीफाइनल खेल एकपक्षीय भयो। अफगानिस्तानले केवल ५६ रन मात्र खडा गर्न सक्यो। टी ट्वान्टीमा हालसम्मकै कम स्कोरको कीर्तिमान साबित भयो जुन टी ट्वान्टीमा अफगानिस्तानकै सर्वाधिक कम स्कोर थियो। यस अघि टी ट्वान्टी र एक दिवसीय गरी ७ पटक सेमीफाइनल पुगेर बाहिरिएको दक्षिण अफ्रिका यसपटक फाइनल पुगेर चोकर्सको दाग हटाउन सफल भयो। अर्को सेमी फाइनलमा भारतले साविक विजेता ईंग्ल्याण्डलाई पराजित गर्‍यो।

फाइनल खेलमा दक्षिण अफ्रिकाले भारतको तीनवटा विकेट सस्तैमा लिइसकेको भए पनि विराट कोहली र अक्षर पटेलको ७२ रनको पार्टनरशीपमा टी ट्वान्टी विश्वकप फाइनलकै सर्वाधिक स्कोर (१७६ रन) बनाए। उक्त लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका क्विन्टन डि कक र ट्रिस्टान स्टब्सले १०६ रनसम्म पुर्‍याए। तिनीहरू आउट भएपछि हेनरिक क्लासेनले विश्वकप फाइनलकै सर्वाधिक छिटो अर्धशतक बनाउँदा (१५औं ओभरमा २४ रन बटुलेको सहित) दक्षिण अफ्रिकाले ३० बलमा ३० रन बनाए पुग्थ्यो तर त्यसपछि भारतीय बलरहरू जसप्रित बुमराह र हार्दिक पाण्ड्याले अन्तिम पाँच ओभरमा तहसनहस पारे।

यसैमा १९औं ओभरको पहिलो बलमै छक्का जाने निश्चित हुँदाहुँदै पनि भारतका सूर्यकुमारको विवादास्पद क्याचसँगै डेभिड मिलर आउट भएसँगै दक्षिण अफ्रिकाको विश्वकप जित्ने सपना तुहियो। फाइनलमा भारतका विराट कोहली प्लेयर अफ म्याच भए भने जसप्रित बुमराह (औसत ४.१७ इकोनोमी सहित १५ विकेट) भने प्लेयर अफ द टुर्नामेन्ट भए। अफगानिस्तानका रहमानुल्लाह गुरुबाजले प्रतियोगिताभरि सर्वाधिक रन (२८१ रन) र अफगानिस्तानकै फजलहक फारुकी र भारतका अर्शदीप सिंह सर्वाधिक विकेट (१७ विकेट) लिने बलर बने। प्रतियोगितालगत्तै भारतका विराट कोहली, रोहित शर्मा र रविन्द्र जडेजाले सन्यास लिए भने कोचमा भारतका राहुल द्रविडको अन्तिम प्रतियोगिता भयो।

यस विश्वकपमा नेपालको प्रदर्शन : २०१४ विश्वकपपछि दोस्रोपटक सहभागिता जनाउन सफल नेपालले यसपटक विपक्षी टोलीलाई कुनै पनि खेल सजिलै जित्न दिएन। पहिलो खेलमा नेदरल्याण्डले १०६ रनको लक्ष्य भेट्टाउन निकै मुस्किल भएको थियो। केवल आठ बाँकी छँदामात्र नेदरल्याण्ड सफल भएको थियो। श्रीलंकासँगको दोस्रो खेलमा वर्षा बाधक बन्यो।

तेस्रो खेलमा दक्षिण अफ्रिका झण्डै झण्डै हारिसकेका थिए। निकै सनसनीपूर्ण खेलमा नेपाल केवल एक रनको झिनो अन्तरले पराजित भयो। १६ जूनको दिन बंगलादेशलाई १०६ रनमा रोके पनि प्रत्युत्तरमा बंगलादेशको धारिलो बलिङ सामू नेपाल टिक्न सकेन। यसै खेलमा नेपालका सन्दिप लामिछानेले कम खेलमा १०० विकेट लिने दोस्रो खेलाडी बन्न सफल भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.