कृतिमा रोचक किसिमले पाठकलाई आकर्षित गर्ने सामथ्र्य स्रष्टामा देखिन्छ। प्रमुख पात्र केटो रहेको छ।
आवरणमा देखिएको प्राकृतिक सुन्दरतासँगै हातमा आगोको पुल्ठो बोकेर दौडिएको केटोको तस्बिरले आर्डी भट्टद्वारा लिखित ‘केटो’को सिंगो पहिचान बोकेको छ। केटो निकै जिज्ञासु, आँटिलो, साहसी, वीर योद्धा झैं देखिन्छ। कृतिको अध्ययनका लागि कौतुहल जगाउने खालको शीर्षक उपयुक्त छ। कृति अध्ययन गर्दै जाँदा केटोले गरेका प्रत्येक बालक्रियाकलापको भकारी जस्तो लाग्छ। उसले गरेका प्रत्यक्ष तथा परोक्ष राम्रा–नराम्रा, असल–खराब काम र दैनन्दिन व्यवहारलाई गहन रूपमा प्रस्तुत गरिएको छ।
सत्यम्, शिवम्, सन्दरम्लाई अभिव्यक्त गर्ने आख्यानलाई महाभारतमा कथा भनिए झैं तथा एकै प्रमुख घटना र एकै केन्द्रीय पात्रको चरित्रको उद्घाटन गरिने संक्षिप्त र कल्पनात्मक इतिवृत्तिलाई जेर्का एसेन कहनले कथा स्वीकार गरेजस्तै यस कृतिमा पनि केटो प्रमुख पात्रको मनोविज्ञान र कल्पना हाबी छ। यसको मूल आशय नैतिक चेतना, सुधारवादी भावना, यथार्थबोध, मनोवृत्तिको वर्णन गरिएको शैक्षिक सन्दर्भलाई प्रमुख पात्रको बालसंस्मरणबाट सकारात्मक सन्देश सम्प्रेषण गर्न र लाखौं बालमस्तिष्कमा उत्प्रेरणा
जगाउन खोजेको देखिन्छ।
केटोको कथा आजभन्दा लगभग ४० वर्षअघिको हो। कक्षा १ देखि ७ कक्षासम्मको बालक्रियाकलापको संस्मरणलाई विभिन्न घटनाको योगबाट निश्चित ढाँचामा प्रस्तुत गरिएको छ। बालकले यथार्थ जीवनमा आफ्ृले देखेका, सुनेका साथै अनुभव गरेका घटनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। यसमा शिक्षा, स्वास्थ, बालविवाह, अध्यात्म, राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भ समावेश भएका किस्साहरू एकअर्कामा कार्यकारण सम्बन्धका आधारमा प्रस्तुत भएका छन्।
पुस्तकको सुरुआत केटोको पहिचानबाट भएको छ, केटोले तीन वर्षको उमेरमा म केटा वा केटी भनी लिंग पहिचान गरेको छ। केटो कल्पना धेरै गर्छ, विभिन्न धार्मिक अनुष्ठानहरूमा दक्षिणा छोरीहरूले मात्र किन पाउने ? जस्ता जिज्ञासा उसको मनमा भरिएको छ। उसले शिक्षकलाई संसारको सिपालु मान्न थाल्छ। ऊ भौतिक रूपमा शान्त देखिन्छ तर उसमा मानसिक चञ्चलता अधिक छ। उसको मन असीमित जिज्ञासा, उत्सुकताले भरिएको छ। ताराहरू दिनभरि के गरेर बस्छन् ? ढुंगा हालेर पानीको सतहमाथि निकालेर प्यास मेटाउने काग आजभोलि के गर्दै होला ? उसको कल्पनाले राजा भएर गर्ने १७ बुँदा तयार गर्यो तर राजा कसरी बन्ने कहिल्यै थाहा नपाएका प्रसंग निकै रोचक छन्।
केटाले आफृ् हुर्कंदै गर्दा आफ्नो परिवेश पनि हुर्कंदै गरेको देख्यो। आँखा खुल्दै जाँदा समाजका परिवर्तन देख्दै गयो। एउटै कारणले कसैलाई खुसी र कसैलाई दुःखी बनाउँदो रहेछ, संसार नै मायाले बाँधिएको छ भन्ने बुझ्न थाल्यो। व्यवहार, समस्या र बाध्यताले सिर्जना भएका बालबिवाह र लैंगिक विभेदका कुरा, ठ्ृलो स्कुल पुग्दाको क्षण, प्रधानमन्त्रीको घर पुग्दा गरिएका कल्पनामा मार्मिक भाव छन्। हामीभन्दा फरक तरिकाले सोच्न सक्ने भएकाले वैज्ञानिक वैज्ञानिक भएका हुन्, यो केटोको आफ्नै तर्क हो। समस्या सामना गर्न आफ्नो कर्तव्य सम्झने ऊ समयसँगै बग्नु आफ्नो धर्म सम्झन्छ।
शैक्षिक गतिविधिको यथार्थलाई सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ। असल र सफल गुरुका कुरा, गुरुले गरेको माया, स्नेह र कडा सजाएका सन्दर्भ, असीमित ज्ञान भएका आदर्श गुरुले ‘भनेजस्तो गर्ने कि गरेजस्तो गर्ने’ भनेर गुरुका आनीबानीको प्रत्यक्ष प्रभाव परेको देखाइएको छ। यसका गुरुहरूको कुट्ने अधिकार हो भने कुटाइ खानु विद्यार्थीको कर्मको फलजस्ता वास्तविकता र तार्किक अभिव्यक्ति पाइन्छ। ‘प्रश्नोत्तरी’, ‘अंग्रेजीको मोह’, ५० रुपैयाँको प्रश्न, ‘लोभी पण्डित’, ‘अन्तिम कक्षा’ शीर्षकमा सिकाइका लागि गरिने विविध गतिविधि प्रस्तुत गरिएको छ।
ज्ञानको भोकले जन्माएको परिवेशमा सिक्ने र सिकाउनेको सम्बन्ध र अवस्थालाई स्पष्ट पारिएको छ। बालकले बाल्यकालमा गरेका भोगेका प्रत्येक क्रियाकलापलाई सूक्ष्म एवं गहन अध्ययन गरिएको छ। स्रष्टा स्वयं शैक्षिक प्रेरक व्यक्ति भएकोले बालमनोविज्ञानले उब्जाएका जिज्ञासाका ठेली अनगिन्ती सजाइएका छन्। ‘अन्तहीन सम्भावना’मा मान्छेले जीवनमा कहिले बाबुआमा, कहिले साथीभाइ, कहिले गुरु, कहिले किताब महŒवप्ृर्ण हुने त्यसका लागि विविधतालाई आत्मसात् गर्ने र परिवर्तनलाई सहजै स्वीकार गर्नसक्ने क्षमता राख्ने तर्कसमेत पाइन्छ। ऊ मान्छेले समुन्द्रको पिँध छोएको र सगरमाथाको माथ टेकेको कुरा गर्छ।
असीमित उत्सुकता र कौतुहलताले भरिएको केटोमा आश्चर्यजनक जिज्ञासा अनगिन्ती जन्मन्छन् यद्यपि आफैंभित्रको उत्तरले शान्त हुने गर्छ। आध्यात्मिक तथा सामाजिक विषयवस्तुअन्तर्गत ‘भगवान् भेट्ने इच्छा’, ‘रामायण’, ‘महाभारत’, असल मान्छेले आफूभित्रको रामलाई जगाउने र खराब मान्छेले रावणलाई जगाउने भन्ने प्रसंग, अन्धविश्वास कुरा बाल्यकालमा देखेका, अनुभव गरेका साथै दिवास्वप्नलाई स्रष्टाले कलात्मक शैलीमा प्रस्तुत गरेको देखिन्छ।
मान्छेमा उमेरअनुसारको स्मरण र तार्किक क्षमता हुनुपर्नेमा केटोमा तीन वर्षको उमेरदेखि नै बौद्धिक क्षमताले भरिप्ृर्ण जेहेनदार बालकका रूपमा प्रस्तुत गरिएको छ। यसमा कथाकारको तर्क, कल्पना शक्ति र बौद्धिकताको बढी प्रयोग गरिएको अनुभ्ृति भयो। कृतिमा रोचक किसिमले पाठकलाई आकर्षित गर्ने सामथ्र्य स्रष्टामा देखिन्छ। प्रमुख पात्र केटो रहेको छ। नेपालको सुदूरपश्चिमको ग्रामीण परिवेशको चित्रण गरिएको कृतिमा प्रमुख पात्रको मनोविज्ञानअनुसार बौद्धिक ऊहापोहसँग सम्बन्धित जीवन्त प्रस्तुति पाउन सकिन्छ। दृश्यात्मक कथनपद्धति रहेको केटोमा भाषा वयस्कले प्रयोग गर्ने खालको छ। कथाकारले बोलेको भाषा र पात्रले बोलेको भाषामा खासै भिन्नता देखिँदैन।
सरल, सहज र सुबोध्य भाषाको प्रयोग र बाह्य दृष्टिबिन्दु साथै वर्णनात्मक तथा संवादात्मक शैली रहेको प्रस्तुत कृतिमा कल्पना गर्ने, सपना उन्ने सजाउने र अन्यभन्दा फरक क्षमतावान् कसरी हुन सकिन्छ भन्ने मनोविज्ञानलाई सूक्ष्मतामा केलाएका छन्। कृतिको बुनोट कलात्मक भएता पनि विषय–स्ृचीअनुसारका शीर्षक दोहोरिन गएकाले बनोटका सन्दर्भमा पृष्ठ १७६ पछि अघिपछि भएको देखिन्छ। शीर्षक र पेज दोहोरिएकाले जम्मा १८४ पेजको कृति दुई सय भएको छ।
भट्ट लेखक एवं प्रेरक वक्ताको रूपमा शिक्षण पेसामा तीन दशकदेखि निरन्तर लागिरहनु भएको छ। विभिन्न शैक्षिक संस्थामा प्राचार्यको भृ्मिका निर्वाह गर्नुभएका भट्ट हाल गेटवे ऐकेडेमीको संस्थापक प्रिन्सिपलका रूपमा कार्यरत हुनुहुन्छ। नेपाली साहित्यमा उहाँको बाक्लो उपस्थिति नभएता पनि सामाजिक म्ृल्यमान्यतामा आधारित चेतनामृ्लक छिटपुट कविता पढ्न पाइन्छ। विशेषतः प्रेरक वक्ताको रूपमा देशका विभिन्न स्थानमा हजारौं विद्यार्थी तथा शिक्षकमाझ आफ्नो अमिट पहिचान छाड्न सफल भट्टको केटो पहिलो प्रकाशित कृति हो। भट्टको केटो किशोर मनोविज्ञानमा आधारित संस्मरण हो। यसमा केटोकोे बालस्मरणमा आएका ६० लघु आकारका किस्सालाई आकर्षक ढंगले व्यवस्थित गरिएको छ। इर्टनल पब्लिकेसनले २०८० मा यसको पहिलो संस्करण प्रकाशन गरेको हो। यस पुस्तकमा जम्मा दुई सय पृष्ठ रहेका छन् हेर्दा सानो आकारको देखिने कृतिको बाहिरी आवरण साजसज्जा कृतिको नाम झैं आकर्षक र छरितो देखिन्छ।
बालसंस्मरणमा रहेका किस्साले वर्तमानमा विज्ञान र प्रविधिले ल्याएको नवीनतासँगै विषम परिस्थितिमा कयांै कल्पना र सपना सजाउने केटोका अनगिन्ती ज्ञान र उत्प्रेरणा दिने प्रसंग छन्। कृतिमा समेटिएको सबै बालबालिकाले बुझ्नुपर्ने कुरा ठूलालाई आदर, सम्मान, आफ्नासँग जोडिएका मानव र मानवेत्तर वस्तुप्रतिको कृतज्ञता महŒवपृ्र्ण छ। गाउँमा आगोको बीउ मागेर दौडने त्यो केटो हाल, शैक्षिक प्रेरणापुञ्ज भएको होला। आगोको झिल्को जसरी केटोको मस्तिष्कले संसारका लाखौं बालबालिकाको भविष्य
चम्किलो बनाउन सकोस्।