गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज छैन : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताएका हुन्।
शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले संविधान संशोधन अपरिहार्य भएपनि गुपचुप रूपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताएका हुन्। कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पर्दा पछाडि अर्कै कुरा लुकेको उनले बताए।
उनले आफ्ना स्वार्थ पूरा गर्नका लागि अनेक जामा पहिरिए पनि वास्तविकता समयक्रम अनुसार उजागर हुने जिकिर गरे। अध्यक्ष नेपालले जनताको त्याग तपस्याबाट बनेको संविधानमा कुनै प्रकारको आघात नगर्न चेतावनी दिए। उनले कम्युनिस्ट एकताको आधार तयार गर्नका लागि मोर्चा बनाउँदै अघि बढ्नुपर्ने बताए।