धरानमा आकस्मिक रक्तदान

धरानमा आकस्मिक रक्तदान
सुन्नुहोस्

धरान : धरानमा रगतको अभाव भएपछि रेडक्रस सुनसरीले धरानमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन गरेको छ। रक्त सञ्चार सेवा स्थापना दिवसका अवसरमा रेडक्रसले शनिबार रक्तदान कार्यक्रम गरेको हो। 

रगत अभाव भएका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको उपचार र शल्यक्रिया नियमित रूपमा सुचारु गराउनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले बताए। 

धरानमा रगत अभावका कारण बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आफूले रक्तदान गरेको कांग्रेस महाधिवेशन प्रतिनिधि रवि राईले बताए। रेडक्रसले आयोजना गरेको रक्तदानमा १०३ पिन्ट रगत संकलन गरिएको रेडक्रस सुनसरीका अधिकृत किरण कार्कीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.