कम्युनिष्ट नेताहरूमा सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति देखियो : उपेन्द्र यादव
काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति कम्युनिष्ट नेताहरूमा देखिएको बताएका छन्।
पुष्पलालको जन्मशताव्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यादवले कम्युनिष्ट पार्टीका नेताहरूमा सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति देखिएको बताए।
उनले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठानेर उनीहरूले राजावादी, कांग्रेस सबैसँग सहकार्य गरेको बताए। उनले सच्चा कम्युनिष्ट भन्नेहरूले भने अहिले पनि दुःख पाइरहेको जिकिर गरे। यादवले एउटा वर्ग समुदायले हालिमुहाली गरेर सत्ता आउने भए पनि समाजवाद आउन नसक्ने बताए।
उनले मूलभूत मुद्दालाई केन्द्रित गरेर अघि बढ्ने नेतृत्वको अभाव, अवसरवादको चरम सीमाले गर्दा समाजवादको यात्रा कठिन देखिएको बताए।