क्रियटर्स मेला सम्पन्न

क्रियटर्स मेला सम्पन्न
सुन्नुहोस्

काठमाडौं : अमेरिकी दूतावासले आयोजना गरेको क्रियटर्स मेला सम्पन्न भएको छ। शुक्रबारदेखि राजधानीमा सुरु भएको दुई दिने मेला शनिबार सकिएको हो।

मेलामा  एक हजारभन्दा बढी नेपाली कन्टेन्ट क्रियटरहरु उपस्थित थिए। नेपाली डिजिटल क्रियटरहरूको सीपलाई अझै निखार्न र विकास गर्न तथा उनीहरूको अनलाइन व्यवसायलाई सुरु गर्न र बढाउन मदत गर्ने उद्देश्यले मेला आयोजना गरिएको दूतावासले जनाएको छ। 

मेलामा कुल ३१ वटा सेसन सञ्चालन गरिएका छन्। पोडकास्टिङ, अनलाइन व्यवसायको संरक्षण, खानासम्बन्धी भ्लगिङ, यात्राको भ्लगिङ, मानसिक स्वास्थ्य लगायतका गरी १२ वटा मेन स्टेज सेसन र १९ वटा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ। मेन स्टेजमा कलकारले आफ्नो प्रस्तुति दिएका थिए। त्यसैगरी फेसन सो पनि आयोजना गरिएको थियो। 

उक्त कार्यक्रममा अभिनेत्री प्रियंका कार्की र ह्यापि फेसका संस्थापक श्रेया गिरीले कन्टेन्ट क्रियटरले  कसरी मानसिक रुपमा स्वस्थ रहने भन्ने विषयमा प्रस्तुति दिएका थिए। चलचित्र निर्देशक निश्चल बस्नेत र पूर्व मिस नेपाल श्रिङ्खला खतिवडा लगायतले आफ्नो सफलताको यात्रा सुनाएका थिए। 

सिर्जना सिज्जु र अमित बराल गायतका ट्राभल भ्लगरहरुले भ्लगिङ्ग गरेर पनि समाज र देशलाई योगदान दिन सकिने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.