आज मधेश प्रदेशबाहेकका यी स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

मधेशमा भोलिबाट पानी पर्ने

आज मधेश प्रदेशबाहेकका यी स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह
सुन्नुहोस्

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  आज बिहान बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका  थोरै स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ। 

त्यस्तै आज राती पनि लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा र कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।

मधेशका केही स्थानमा भोलिबाट वर्षा हुने 

भोलि अर्थात सोमबार  मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुने छ। भोलि राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको बुलेटिनमा जनाइएको छ ।

मंगलबार पनि  सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने र कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षा हुने छ।

आज राती कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा हुने भएकोले त्यसबाट निम्तिन सक्ने जोखिमबाट सचेत रहन महाशाखाले सबैमा अनुरोध गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.