बजेट नआएका कारण सागुरिगढी गाउँपालिका सञ्चालनमा समस्या

डोजर खरिद गर्ने विषयमा विवाद

बजेट नआएका कारण सागुरिगढी गाउँपालिका सञ्चालनमा समस्या
सुन्नुहोस्

धरान : डोजर खरिद गर्ने विषयमा विवाद भएपछि धनकुटाको सागुरीगढि गाउँपालिकाको बजेट आउन  सकेको छैन। डोजर खरिद गर्ने विषयमा एमाले र कांग्रेसबाट निर्वाचित भएका प्रतिनिधिबीच चर्को विवाद भएका कारण पालिकाले बजेट ल्याउन नसकेको हो। 

पालिकाको अध्यक्षमा कांग्रेसका जितेन्द्र रुम्दाली  निर्वाचित भएका छन्। उपाध्यक्षमा मुना राई एमालेबाट निर्वाचित भएकी छन्। १८ जना कार्यपालिका सदस्य रहेको पालिकामा एमालेका १३ र कांग्रेसका ५ जना रहेका छन्। एमालेका कार्यपालिका सदस्यहरूले डोजर किनेर गाउँको विकास गर्ने प्रस्ताव राखेका थिए। तर अध्यक्ष राईसहितका कांग्रेसबाट निर्वाचित सदस्यहरूले विरोध जनाएपछि बजेट पास हुन नसकेको पालिका श्रोतले जानकारी दिएको छ। 

प्रत्येक वर्षको असार १० गते गाउँसभामा बजेट पेस गरी असार मसान्तसम्म स्वीकृत गर्नु पर्ने कानुनी व्यवस्था छ। पटक-पटक कार्यपालिका बैठक ११ पटक बोलाएको भए पनि एमालेबाट निर्वाचित कार्यपालिका सदस्य उपस्थित नभएका कारण बजेट ल्याउन नसकिएको अध्यक्ष जितेन्द्र राइले बताए। उनले पालिकामा एउटा डोजर सञ्चालनमा रहेका कारण पालिकालाई आर्थिक भार पर्ने भएकाले आफूले डोजर खरिद नगरौं भनेको उनको भनाइ छ। 

एमालेबाट निर्वाचित भएका कार्यपालिका सदस्य बालकृष्ण राईले पालिकाको विकास गर्नका लागि  र बाढी पहिरो आउँदा धेरै स्थानमा बाटो अवरुद्ध हुने भएकाले डोजर खरिद गर्न आवश्यक भएको बताए। उनले डोजर खरिद गर्ने प्रस्ताव पास नभए कार्यपालिका बैठकमा सहभागी नहुने बताए।

आर्थिक वर्ष २०८१/८२ को बजेट समयमा नआएका कारण  कार्यालय सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको पालिकाका सूचना अधिकारी तथा योजना अधिकृत दोर्ण राईले बताए। उनले बजेट नआएका कारण राजस्व संकलन, औषधि आपूर्ति र शैक्षिक व्यवस्थापनमा समस्या भएको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.