सेयर बजारमा उचारचढाव

नेप्सेमा करेक्सन, कारोबार रकम भने १९ अर्ब नाघ्यो

नेप्सेमा करेक्सन, कारोबार रकम भने १९ अर्ब नाघ्यो

काठमाडौं : अघिल्लो कारोबार दिन ११३ अंकले बढेको नेप्से परिसूचक आज दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्सेमा करेक्सन आएपनि कारोबार रकम भने आइतबारको तुलनामा वृद्धि भएको छ।

यसदिन ३२५ स्क्रिप्सको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ रुपैयाँमा खरिदबिक्री भए। आइतबार १५ अर्ब ८१ करोडको सेयर कारोबार भएको थियो। 

२०. ४६ अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। नेपाल फाइनान्सको सेयर सर्वाधिक ९.७७ प्रतिशतले बढ्यो। मन्दाकिनी हाइड्रोपावरको ८.५८,बराही हाइड्रोपावर पब्लिकको ८.१६,जानकाी फाइनान्सको ६.८० र गणपति लघुवित्त वित्तीय संस्थाको सेयर ६.५६ प्रतिशतले बढ्यो।

आरम्भ चौतारी लघु्वित्त वित्तीय संस्थाका लगानीकर्ताले भने  गुमाए। सो कम्पनीको सेयर ८.३५ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६१ करोड १२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

कुमारी बैंकको ५५ करोड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ३९ करोड,प्रभु बैंकको ३८ करोड र नेपाल फाइनान्सको ३६ करोड मूल्य बराबरको सेयर कारोबार भयो। दुईवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।  फाइनान्स र हाइड्रोपावर समूहको उपसूचकबाहेक अन्यको उपसूचक घटेको हो।

यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ४.५४ प्रतिशतले घट्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.