बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौं : परराष्ट्रमन्त्री राणा

बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौं  : परराष्ट्रमन्त्री राणा
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन्। 

जोशीका बुबा महानन्द जोशी र उहाँन परिवारका सदस्यहरूलाई मन्त्री णाले सो जानकारी दिएकी हुन्। जोशीका बुबासहित परिवारका सदस्यहरूले आज परराष्ट्रमन्त्री राणालाई उनको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए।

मन्त्री राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन्। इजरायलमा भएको आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा राणाले दिइन्। 

'उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ। उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरू हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ। जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि पर्नुभएको छ। हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौं। आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ,' भेटमा उनले भनिन्। 

आफू परराष्ट्रमन्त्री भएदेखि बिपीनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरूलाई बिपीनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उनले जानकारी दिइन्। 

यसअघि कतारका राष्ट्रपति नेपाल भ्रमणमा आएका बेला उनीसँग नेपाल सरकारले बिपीनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै मन्त्री राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी दिइन्। इजरायलमा गत अक्टोबरमा हमास समूहद्वारा भएको आक्रमणपश्चात उनीहरूकै नियन्त्रणमा रहेका बिपीन जोशी हालसम्म सम्पर्कविहीन छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.