मन्त्रालयका सचिवसँग छलफल गरेपश्चात प्रधानमन्त्री ओलीले भावी योजनाबारे आज निर्देशन दिने

मन्त्रालयका सचिवसँग छलफल गरेपश्चात प्रधानमन्त्री ओलीले भावी योजनाबारे आज निर्देशन दिने
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा सचिवहरूलाई निर्देशन दिन लागेका हुन्। 

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई एक महिनाभित्र नागरिकलाई फरक सरकारको अनुभूति हुने गरी काम गर्न निर्देशन दिइसकेका छन्। ओलीले यो सरकारलाई असफल हुने छुट नभएकाले परिणााममुखी काममा केन्द्रीत हुन सबै कर्मचारीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा आइतबार ब्रिफिङ लिएका थिए।सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिए। ओलीले प्रधानमन्त्री भएपछि पहिलो बैठक गरेका हुन्। बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ।

आइतबार दिन ११:३० बजे सुरु भएको बैठक साँझ ५:३० बजेसम्म चलेको थियो। बैठकपश्चात ओलीले उनले लेखेका थिए, ‘नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के-के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरुले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नुभयो। भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो। अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मंगलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय भएको छ।  तर सरुवा भएका सचिवको विवरण भने औपचारिकरुपमा सार्वजनिक हुन बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.