ओली र देउवा सरकारको 'हनिमुन पिरियडमा' साना दललाई नहेपियोस्

ओली र देउवा सरकारको 'हनिमुन पिरियडमा' साना दललाई नहेपियोस्
सुन्नुहोस्

काठमाडौं  : प्रतिनिधिसभाका सांसद अमरेश कुमार सिंहले संसदका दुई ठूला दलको सरकार बनेपनि साना दलहरूलाई हेप्न नहुने बताएका  छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले देउवा र ओली सरकारको अहिले 'हनिमुन पिरियड' चलिरहेको भन्दै टिप्पणी समेत गरे।

'सभामुखलाई याद होला ओली सरकारलाई समर्थन दिँदा पनि भनेको थिएँ, ठूला दुई  हात्तीको प्यारले बाली नास गर्छ  झगडा गर्दा पनि बाली नास हुन्छ। राज्यको समावेशी सिद्धान्तलाई दुईवटा ठूला दल मिलेर नास्न मिल्दैन,'उनले भने,'नेपालजस्तो बहुभाषिक, बहुजाती र बहु धार्मिक फूलबारीमा साना फूलहरूलाई दु्ई हात्तीको प्यारले नमासियोस् ।'

सांसद सिंहले यो सरकारले संविधानको धज्जी उडाएको आरोप लगाए।

सरकारले १८ देशका राजदूत सिफारिस,तीनवटा प्रदेशको मुख्यमन्त्री फेरिदा समेत मधेशी,मुस्लिम जनताबाट एउटा पनि नसमेटिनु दुर्भाग्यपूर्ण भएको बताए।


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.