नेपाल लाइफको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड्स सम्पन्न

नेपाल लाइफको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड्स सम्पन्न
सुन्नुहोस्

काठमाडौं  : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड्स २०२४’ सम्पन्न भएको छ। भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न भएको हो।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो।

त्यस्तै, एजेन्सी मेनेजर तर्फबाट क्रमश: नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फ बाट क्रमश: नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजबंशीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।

कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरू र कम्पनीका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो। पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा भर्चुवल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले आव २०८०/८१ मा गरेको आउटस्ट्याण्डिङ पर्फमेन्सका लागि व्यक्तिगत र सञ्चालक समितिको तर्फबाट सम्पूर्ण अभिकर्ता र कर्मचारीहरूलाई बधाई तथा धन्यवाद दिए। समग्र क्षेत्रमा प्रतिकूल आर्थिक परिदृष्य विद्यमान रहँदा रहँदै पनि आफ्नो अथक मेहनत, टिम वर्क, लगनशीलता र सकारात्मक प्रयासबाट आर्थिक वर्ष २०८०/८१ मा नेपालको सबैभन्दा ठूलो र सर्वाधिक विश्वासिलो कम्पनीको ताजलाई निरन्तर रुपमा कायम राख्न र आफ्नो मार्केट शेयरलाई थप वृद्धि गर्न सफल भएकोमा बधाई तथा धन्यवाद दिए।

कार्यक्रममा बोल्दै सञ्चालक विमल प्रसाद ढकालले आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए। लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको कुरा बताए। कम्पनीसँग जोडिएर बीमाको पहुँचलाई गाउँघरमा पुर्याउन अहोरात्र खट्ने बीमा अभिकर्ताहरूको जीवन स्तरमा वृद्धि भएको र अबको समय भनेको पुस्तान्तरणको रहेको कुरा समेत बताए। आफूमा भएको सीप, अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके बीमाको पहुँच अभिवृद्धि हुने उनकाे भनाइ थियाे। अहिलेको वर्तमान अवस्थामा नयाँ जोश, नयाँ जाँगर र प्रविधिसँगको सामिप्यताले नयाँ पुस्तालाई बीमाको बजारीकरण गर्न झन् सहज हुने बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरूलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद र चालु आव को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए। गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८१/८२ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए। प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको र उनीहरूकै अथक मेहनत र परिश्रमका कारणनै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए। अभिकर्ताहरूको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.