गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार

गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार
सुन्नुहोस्

जाजरकोट : सुत्केरी हुन नसकेपछि जाजरकोटबाट एक गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको कुशे गाउँपालिका-४, टाँगाचौर बस्ने कृष्ण बहादुर रोकायकी श्रीमती १८ वर्षीया निशा रोकायलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको हो।

तीन दिन अघि सुत्केरी बेथा लागेकी उनलाई सोमवार स्वास्थ्य चौकी अर्छानी लगिएको थियो। स्वास्थ्य चौकीमा पनि सुत्केरी हुन नसकेपछि र उनको अवस्था जटिल बन्दै गएपछि सुर्खेत रेफर गरिएको हो। उनलाई मंगलबार हेलिकोप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिए। 

स्वास्थ्य चौकीमा भरपर्दो सेवा उपलब्ध नुहुँदा स्थानीयलाई निकै समस्या भइरहेको छ। जाजरकोटमा एक वर्षको अवधिमा दर्जन बढी गर्भवतीलाई हवाई उद्धार गरेर सुर्खेत लगिएको प्रहरीको तथ्यांक छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.