बागमती प्रदेशसभा : ३ वटा समितिमा सदस्य हेरफेर

बागमती प्रदेशसभा : ३ वटा समितिमा सदस्य हेरफेर
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशसभाअन्तर्गत रहेको ६ वटा समितिमध्ये ३ वटा समितिको सदस्य हेरफेर भएको छ। 

प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सभामुख भुवनकुमार पाठकले समितिका सदस्यहरू हेरफेर गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन भएको हो। 

प्रदेश मामिला समितिमा मुख्यमन्त्री बहादुर सिंह लामा,  निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ सदस्यमा थपिएका छन् । 

त्यसैगरी स्वास्थ्य तथा कृषि र शिक्षा समितिमा निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तान, सार्वजनिक लेखा समितिमा निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र निवर्तमान वन तथा वातावरणमन्त्री केशव पोखरेल समावेश भएका छन्। 

आज थपिएका सबै जना मन्त्रीको हैसियतमा विभिन्न समितिहरूको पदेन सदस्य थिए। त्यस्तै आजको प्रदेशसभा बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको छ। सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.