नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउँछौँ : पर्यटनमन्त्री

नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउँछौँ : पर्यटनमन्त्री
सुन्नुहोस्

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्यटनमन्त्री पाण्डेको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधार गर्न मन्त्रालय तयार रहेको बताएका हुन् । उनले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिएको समाचार राससमा प्रकाशित छ।

नेपालमा पर्यटनको अथाहा सम्भावना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटनका लागि प्रकृतिले दिएको अद्धितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनुपर्नेमा जोड दिए । उनले पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताए।

मन्त्री पाण्डेलाई पर्यटन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डे, बोर्डका उपाध्यक्ष कमल सापकोटा,निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, बोर्ड सञ्चालक समिति सदस्यलगायतलले स्वागत गरेका थिए। 

बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डको गतिविधिबारे जानकारी गराउदै कतिपय नीतिगत समस्याका कारण बोर्डले विदेशका आयोजना गरिने कार्यक्रम गर्न नसकेको बताए । उनले नीतिगत तथा प्रक्रियागत सहजीकरण हुनासाथ विदेशमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने भन्दै त्यसका लागि सहजीकरण गरिदिन मन्त्री पाण्डेसमक्ष आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.