भोजपुरमा बाढी : एकजनाको मृत्यु, एक बेपत्ता, हाइड्रोपावरमा क्षति

भोजपुरमा बाढी :  एकजनाको मृत्यु, एक बेपत्ता, हाइड्रोपावरमा क्षति
मंगलबार राति स्थानीय ईर्खुवा खोलामा आएको बाढीले क्षति पुर्‍याएको अप्पर ईर्खुवा हाइड्रोपावर । तश्विर: अन्नपूर्ण

भोजपुर : अविरल वर्षासँगै उत्तरी ईर्खुवा खोलामा आएको बाढीले बगाउँदा एक जनाको  मृत्यु भएको छ । अर्का एकजना भने बेपत्ता छन् । उत्तरी साल्पासिलिछो गाउँपालिका-४ गोथेबजारस्थित मंगलबार राति आएको बाढीमा परी हाइड्रोपावरका कामदार बर्दियाको बारबर्दिया नगरपालिका-५ का रमेश थारुको मृत्यु भएको हो ।

बाढीले निर्माणाधीन ४ दशमलव ३ मेगावाटको फेदी थुलुङ खोला र १४ दशमलव ५ मेगावाटको अप्पर इर्खुवा खोलाको जलविद्युत्त गृहमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले उक्त इर्खुवा खोला जलविद्युत आयोजनाका चारजना कामदारहरूलाई बगाएको थियो । 

जसमा दुईजनाको सकुशल उद्धार गरिए पनि बाँकी दुईजनालाई खोलाले बगाएको थियो । मृत भेटिएका रमेशको शव षडानन्द नगरपालिका-६ सतिघाटस्थित अरुण नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

बेपत्ता भएका बर्दियाको बारबर्दिया गाउँपालिका- ३ का श्यामकुमार थारुको खोजी भइरहेको उनले बताए । लगातारको वर्षात‍्ले स्थानीय लम्खुवा,नागदह आसपासका बस्तीमा पनि क्षति पुगेको छ । नागदहका सीता राई र चित्रबहादुर दर्जीको घर बगाएको छ । सीता राईलाई पुरिएको अवस्थाबाट स्थानीयले उद्धार गरेको फेदीका स्थानीय मनि राईले बताए । 

बाढीले झोलुङ्गे पुल,सडकका पुलहरू र लघु जलविद्युतमा पनि क्षति पुगेको छ ।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.