प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउँछौं : मुख्यमन्त्री कार्की

प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउँछौं : मुख्यमन्त्री कार्की
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार क्रियाशिल रहेको बताएका छन्। 

नेपाल चिकित्सक सङ्घ कोशी शाखाको बुधबार विराटनगरमा नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूको पदस्थापन समारोहमा बोल्दै उनले सरकार स्वास्थ क्षेत्रप्रति संवेदनशील रहेको बताए। ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको मुख्य मन्त्री कार्कीले बताए।

मुख्यमन्त्री कार्कीले सरकारले जनताको घर-घरमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि के कस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै कार्यदल गठन गर्ने जानकारी दिँदै यसका लागि आवश्यक सुझाव दिन सङ्घलाई आग्रह गरे।

सरकारी स्वास्थ्य संस्थाको जीर्ण रहेको भौतिक संरचनालाई वलियो बनाउने कार्य सुरु गरेको जानकारी दिँदै यसै क्रममा विराटनगरमा सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइएको उनले ताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.