सौर्य एयरलाइन्सका क्याप्टेन शाक्यलाई डिस्चार्ज गर्ने अस्पतालको तयारी

सौर्य एयरलाइन्सका क्याप्टेन शाक्यलाई डिस्चार्ज गर्ने अस्पतालको तयारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमान। उक्त विमान दुर्घटनामा १८जनाले ज्यान गुमाएका थिए भने क्याप्टेन शाक्यलाई घाइते अवस्थामा उद्दार गरिएको थियो। फाइल तस्बिर।

काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । काठमाडौं मेडिकल कलेजका निर्देशक प्राडा मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिष्चार्ज गर्ने तयारी भएको जानकारी दिइन् ।

उनले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेपछि स्वास्थ्य अवस्था सुधार भएकाले घरमै आराम गरेर उपचार जारी रहने बताए । शाक्यको ढाडमा देखिएको समस्या अप्रशेन गर्नुनपर्ने देखिएको उनले बताए। उपचारका क्रममा क्याप्टेन शाक्यले जहाज माथि पुगेपछि नियन्त्रणमा लिन नसकेको बताएको डा. थापाले उल्लेख गरिन्।

त्यस्तै क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिँदै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चिकित्सकको मेहनतका कारण शाक्यको अवस्था सुधार हुँदै गएको भन्दै चिकित्सकलाई धन्यवाद दिए। 

त्यस्तै अस्पतालका प्रमुख सुनील शर्माले समयमै उपचार सुरू गरेका कारण क्याप्टेन शाक्यले छिटै स्वास्थ्यलाभ गरेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.