४ विद्यार्थीलाई २ शिक्षक

४ विद्यार्थीलाई २ शिक्षक

हुम्ला : सिमकोट गाउँपालिका–४ स्थित जनज्याति आधारभूत विद्यालय स्याम्नेमा चार जना विद्यार्थी र २ जना शिक्षक छन्। २०४० सालमा स्थापित उक्त विद्यालयमा कक्षा ३ सम्मको पढाइ हुन्छ। तर, अचम्म यहाँ ४ जना विद्यार्थी र दुई शिक्षक मात्रै छन्। प्रधानाध्यापक पदमबहादुर शाही र शिक्षक छिरिङ लामा नियमित आउँछन्, हाजिरी लगाउँछन् र बेलुका घर फर्कन्छन्। विद्यार्थीको हाजिरीमा कक्षा १ मा ८ जनाको र कक्षा २ मा ३ जनाको नाम उल्लेख छ तर नियमित विद्यालय आउने ४ जना मात्रै विद्यार्थी छन्।

रोजगारी भएका स्थानीयका बालबालिका सदरमुकाम सिमकोटमा अध्ययन गर्छन्। बेरोजगार स्थानीयका बालबालिका जनज्याति आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका प्रधानाध्यापक पदमबहादुर शाहीले बताए। सिमकोट गाउँपालिका ३ को महाकाल आधारभूत विद्यालय लाङदुमा दुई जना शिक्षक र ५ जना विद्यार्थी रहेका सिमकोट गाउँपालिका शिक्षा शखाका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए। सिमकोट ४ मा भने विद्यार्थी संख्या कम भएको शिक्षा शाखा प्रमुख आर्चायले बताए।

शिक्षक छन्, विद्यार्थी छैनन् 

उत्तरी नाम्खा गाउँपालिका ५ को खिरपानी सामुदायिक आधारभूत विद्यालय तुम्कोटमा विद्यार्थी नहुँदा विद्यालय नै बन्द भएको छ। कक्षा तीनसम्म अध्यापन गराइने खिरपानी आधारभूत विद्यालयमा विद्यार्थी संख्या शून्य छ। गाउँका अधिकांश बालबालिका काठमाडौंं र नाम्खा गाउँपालिका केन्द्र याल्वाङ गुम्बामा अध्ययन गर्न थालेपछि विद्यालयमा विद्यार्थी नभएको खिरपानी सामुदायिक आधारभूत विद्यालयकी शिक्षिका छिरिङ पामाले जानकारी दिइन्। 

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाबाट १० जना बालबालिकाले खिरपानी आधारभूत विद्यालयको इज्जत धानेका थिए। ‘सबै बालबालिका परिवारले लगेपछि विद्यालय कुर्ने काम मात्रै भएको छ’, शिक्षिका छिरिङ पामा लामाले बताइन्। गाउँभरी चार जना बालबालिका मात्र छन्। तिमध्ये एक जना बालिका परिवारसँग काठमाडौंं गइसकेकी र आउने नआउने निश्चित नभएको लामाको भनाइ छ। ‘दुई-तीन जना बालबालिका छन्, साना छन्’, लामाले भनिन्। दुई शिक्षक दरबन्दी र एक जना कार्यालय सहयोगीको दरबन्दी विद्यालयमा रहेको लामाले बताइन्। गाउँमा रहेका ३ जनामा पेमा छुम्जुम लामा, डोमा याङजुम लामा र पेमा लुण्डुप लामा हुन्।

यस्तै नाम्खा गाउँपालिका ५ को अरानीको आधारभूत विद्यालय यारीमा विद्यार्थी नहँुदा विद्यालय बन्द अवस्थामै छ। शिक्षा विकास तथा समन्वय इकाई हुम्लाको एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणालीको तथ्यांकमा अरानीको आधारभूत विद्यालयमा विद्यार्थी संख्या २१ जना छ। तर गाउँमा विद्यार्थी नहुँदा विद्यालय बन्द अवस्थामै छ। नाम्खा गाउँपालिका १ को नवबौद्ध आधारभूत विद्यालय गारापारीमा विद्यार्थीको संख्या ४ मात्रै रहेको एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणलीको तथ्यांकमा उल्लेख छ। नाम्खा गाउँपालिका ५ मा रहेको खासरपानीमा पनि ५ जना विद्यार्थी छन्। नाम्खा गाउँपालिका ४ को चालामा रहेको हिमालय आधारभूत विद्यालयमा ८ जना मात्र विद्यार्थी छन्। यसैगरी नाम्खा गाउँपालिका ६ को जाँङ गाउँका स्थानीयबासीले गाउँनै छोडेपछि गाउँमा रहेको भृकुटी आधारभूत विद्यालय बन्द भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.