ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गयो

ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गयो

बेनी  : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको गौडामुनीमा भएको ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गएको छ । गौडामुनीदेखि राहुघाट मंगल जलविद्युत आयोजनाको तेस्रो अडिटको सुरुङतर्फ जाँदै गरेको ग १ त ७२४१ नम्बरको ट्याक्टर बिहिबार राति सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,म्याग्दीले जनाएको छ । 

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार रामेछापको मन्थली नगरपालिका–१३ का ३९ वर्षीय तेजबहादुर पाण्डेको घटनास्थलमा मृत्यु भएको हो । पाण्डे दुर्घटना भएको ट्याक्टरका सहचालक भएका उनले बताए ।  

ट्याक्टरका चालक बाराको कलैयामाई नगरपालिका–८ का ५२ वर्षीय छोटुलाल भगतमालीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । दुर्घटना भएको ट्याक्टर टुण्ड हाइड्रोपावर प्रर्वद्धक रहेको राहुघाट मंगले जलविद्युत आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनले प्रयोग गरेको थियो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.