बाढी र पहिरोले सयौं रोपनी जमिन बगरमा परिणत, दर्जनौं घर जोखिममा

बाढी र पहिरोले सयौं रोपनी जमिन बगरमा परिणत, दर्जनौं घर जोखिममा

नुवाकोट : बाढी पहिरोले नुवाकोटमा सयौं रोपनी खेतीयोग्य जमिन नष्ट गरेको छ। बाढी पहिरोले दर्जनौं घर जोखिममा पारेको छ। बाढी पहिरोले नुवाकोटको विदुर, बेलकोटगढी नगरपालिकाका साथै तारकेश्वर, पञ्चकन्या गाउँपालिकालगायत अधिकांश स्थानीय तहमा क्षति गरेको छ। 

तारकेश्वर गाउँपालिकाको कोशीखोलामा आएको बाढीले तारकेश्वर-२ स्थित पिमलटारको सयौँ रोपनी खेत बगरमा परिणत गरेको छ। नुवाकोट र धादिङको सीमा भएर बहने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको ताकरेश्वर-२ का वडाध्यक्ष शिवप्रसाद पनेरुको भनाइ छ। उनका अनुसार बाढीले भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ। किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर भएको पनेरुको भनाइ छ। 

‘बाढी रोकिएपछि रोपो उठाउन कोशिश गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ।’ वडाध्यक्ष पनेरुले भने,’दुई सय रोपनी खेतलाई क्षति पुर्‍याउँदै खोला बगिरहेको र चार सय रोपनी खेतमा लगाएको धान पनि पुरिएको छ।’ बाढीको कारण स्यानीय समाजसेवी जनकराज ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ। पुलको पिल्लर बगाएसँगै आवागमन रोकिएको छ। 

स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति पुगेको छ। तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्ने बताए। विदुर नगरपालिका-१३ स्थित हुलाकघर र म्यागङ गाउँपालिका-६ जोड्ने सडकमा अविरल वर्षाको पछिको भलबाढीले क्षति गरेको छ। 

भलबाढीले क्षति गरेर अबरुद्ध सडक तत्कालै सुचारु गराउन मेयर राजन श्रेष्ठले निर्देशन दिए। अवरुद्ध सडक सुचारु गराउन नगरबाट हेभी इक्युमेन्ट परिचालन गर्न र सो स्थानमा रहेको बस्तीलाई जोखिमबाट सुरक्षित बनाउन थप अत्यावश्यक सामग्रीहरू उपलब्ध गराउन उनले निर्देशन दिए। 

निरन्तरको वर्षाका कारण पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले निकै क्षति गरेको छ। अविरल वर्षासँगै स्थानीय खहरे खोलामा आएको बाढीका कारण सो स्थानका एक दर्जनभन्दा पनि घरपरिवार जोखिममा परेका छन् भने सयौँ रोपनी धान खेत कटानको जोखिममा छ। त्यसैगरी बाढीसँगै आएको पाँगो र गेग्र्यान माटो धान खेतमा थुप्रिएको छ। 

स्थानीय मिलन तामाङ, रामहरि खतिवडा, एकप्रसाद खतिवडा, पुरुषोत्तम खतिवडा, गायत्री खतिवडा, बद्री खतिवडा, कुलबहादुर तामाङ, गोकर्ण पौडेललगायत पहिरो र कटानको जोखिममा परेका छन्। उनीहरूको खेतमा बाढी पसेको छ भने घर वरपरको जमिन कटान हुँदा जोखिम बढेको छ।

बस्तीमाथि हिउँदमा जथाभाबी बाटो खन्ने र राम्रोसँग तारजाली नबनाउने गरेका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेको प्रभावित बद्रीनाथ खतिवडाले बताए। उनका अनुसार स्थानीय ठाउँ ठाउँमा पहिराको जोखिम छ।

स्थानीय  सरकार, प्रदेश र संघीय सरकारले  खेतीयोग्य  जमिन  संरक्षणको  लागि बजेट विनियोजन गरी तटबन्ध गरी खेतीयोग्य जमिन जोगाउन  जरुरी रहेको पीडितहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.