वा, खुट्टाले टाउकोलाई ?
कहिलेकाहीँ खुट्टा नमान्दा नमान्दै पनि
टाउकोले हिँडाइरहेको हुन्छ
फेरि, कहिले टाउकोले नाइँ भन्दाभन्दै
खुट्टाले सिंगै शरीर डोहो¥याइरहेको हुन्छ।
आफैंभित्रको अन्तरद्वन्द्वमा
अल्मलिरहेको हुन्छ मानिस
अनि, कसैसित बिनाद्वन्द्व बस्न सक्छ नै कसरी ?
माक्र्सले द्वन्द्ववादको सिद्धान्त प्रस्तुत ग¥यो
तर्क र प्रमाणले सिद्ध पनि गरेर देखाए
ठेली ठेली पुस्तकहरूमा।
द्वन्द्वको सिद्धान्तमा सफल माक्र्सले
मान्छेभित्रको अन्तरद्वन्द्व बुझ्नै सकेन
अनि, केवल बाहिर द्वन्द्व मच्चियो
लाखौं करोडौं मान्छे सकियो !
माक्र्सवादको खुट्टा हिँड्यो
टाउको हिँडेन
टाउकोले सोचेको ठाउँमा
खुट्टा पुगेन।
साँच्चैको द्वन्द्व त टाउको र खुट्टाको द्वन्द्व हो
मुख र पेटको द्वन्द्व हो
हृदय र हातको द्वन्द्व हो
अझ, मुखको पनि भर छैन
ओठ बोली र पेट बोली फरक हुन्छ
भोकाउँदा र अघाएपछि फरक कुरा गर्छ।
एउटै हातको बीच पनि द्वन्द्व चल्छ
कहिले अघि सर्छ, कहिले पछि हट्छ
गरुँ कि नगरुँ ?
दिऊँ कि नदिऊँ ?
लिऊँ कि नलिऊँ ?
दिने हातले खोस्न पनि बाँकी राख्दैन !
यी द्वन्द्वलाई तर्कमा प्रस्तुत गर्न सजिलो छैन
सिद्धान्तमा कोचेर अटिँदैन
किनभने यो त मानिसको चित्तको विषय भयो।
मानिस भनेकै मन हो
मन–अन्तरद्वन्द्वको भुँमरी
अनि त, एउटै मानिसको व्यवहारमा पनि
असंगति र विरोधाभास झल्किरहन्छ।
प्रथमतः मानिसहरूले
आफ्नो भित्रको द्वन्द्व नै स्वीकार्न चाहँदैन
(यो फेरि आफ्नै किसिमको द्वन्द्व भयो)
आफ्नोभित्रको असंगति र विसंगति देख्नै चाहँदैन
(यो फेरि अर्को विसंगति भयो)।
तैपनि मानिस आफूलाई उचित र
तर्कसंगत भएको प्रस्तुति दिन चाहन्छ
अनि आफ्नो विसंगत व्यवहारलाई जबरजस्ती
सुसंगत र युक्तिसंगत प्रमाणित गरिरहन्छ
(वास्तवमा, युक्ति भन्नु पनि जुक्ति मात्रै त हो)।
मानिस दार्शनिक होस्
वा कवि
वा राजनीतिक, सामाजिक
वा सामान्य श्रमिक
सबै आफ्नै द्वन्द्वमा अल्झिरहन्छन्
रातदिन द्वन्द्वमा
जलिरहन्छन्, पिल्सिरहन्छन्
किनभने, जीवन ‘अर्थ’को मात्र कुरा होइन
बरु ‘स्वार्थ’को कुरा हो
मानिस आफ्नै स्वार्थको भुँमरीमा फसिरहन्छन्।
अर्थको तराजुमा मानिसहरू असमान छन्
स्वार्थको तराजुमा सबै समान छन्।
माक्र्स !
तिमीले द्वन्द्वात्मक भौतिकवाद रच्यौ
म द्वन्द्वात्मक मनोवाद हेर्दै छु
आफैंभित्रको महाभारत देख्दै छु !
- नेपाल भाषाबाट