बर्दियामा ब्राउन सुगरसहित दुईजना पक्राउ

बर्दियामा ब्राउन सुगरसहित दुईजना पक्राउ

गुलरिया : सशस्त्र प्रहरीले बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ स्थित गणेशपुर  इलाकामा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई लागूऔषध ब्राउन सुगर ल्याएको आरोपमा नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट अन्दाजी साढे एक ग्राम लागूऔषध ब्राउन सुगर फेला पारेको छ।

सशस्त्र प्रहरीले बारबर्दिया नगरपालिका-६ का २२  वर्षीय सन्तोष गिरी र सोही ठाउँका १९ वर्षीय नविन कँडेललाई ब्राउन सुगरको धुलोसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्रांगत दाहालले बताए। उनीहरूको साथबाट भे ७ प ७३४९ नम्बरको मोटरसाइकल, रेडमी मोबाइल १ थान र ७ सय १० नेपाली रुपैयाँ बरामद भएको छ। 

सीमापार बजारमा लागू औषध सेवन गर्न जानेको संख्या बढ्न थालेपछि सशस्त्र प्रहरीले अवैध ओसार पसार र कारोबार हुने आशंकामा सीमामा कडाइ गर्न अभियान सुरु गरेपछि लागूऔषध सहित पक्राउ पर्नेको संख्या बढ्न थालेको छ। सीमापार भारतीय बजारमा गई लागूऔषध सेवन गरी आउने लाई सशस्त्र प्रहरीले चेक जाँचमा कडाइ गरेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.