अपराधमा दोषी ठहरिएका सात सय ७३ जना फरार

अपराधमा दोषी ठहरिएका सात सय ७३ जना फरार

नुवाकोट : नुवाकोटमा भएका विभिन्न अपराधका घटनामा संलग्न रहेको पुष्टि भएका सात सय ७३ जना फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विगतदेखि हालसम्म विभिन्न अपराधमा दोषी ठहर भएका ती व्यक्तिलाई फैसला कार्यान्वयनका लागि खोजतलास भइरहेको छ।

नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार कार्यसम्पादन फरार अपराधीको संख्या नौ सय १३ जना रहेको थियो। हालै सम्पन्न आर्थिक वर्ष २०८०/८१ मा एक सय २७ जनालाई पक्राउ गरिएको र १३ जना आफैँ न्यायालयमा हाजिर भएका छन्।

जिल्लाको विभिन्न न्यायिक निकायको अन्तिम फैसलाबाट दोषी ठहर भएर फैसला कार्यान्वयन गर्नुपर्ने अपराधीको संख्या सात सय ७३ जना रहेका छन्। ‘पछिल्लो एक वर्षमा एक सय २७ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि सम्बन्धित न्यायालयमा बुझाएसँगै उनीहरूबाट ६८ वर्ष तीन महिना १३ दिन कैद कट्टाको प्रक्रियामा गएको छ ,’ प्रहरी प्रमुख कोइरालाले भने, ‘पक्राउ परेकामध्ये न्यायालयबाट दोषी ठहरिएर जरिवाना तोकिएकाबाट रु २४ लाख १९ हजारभन्दा बढी भुक्तान भएको छ।’

नुवाकोटका न्यायालयबाट दोषी ठहर भएका तथा अदालतमा अभियोग लागेका प्रतिवादीलाई पछिल्लो समयमा खोजतलास तथा पक्राउ गर्ने क्रम तीव्र बनाएसँगै फैसला कार्यान्वयनमा निकै सुधार आएको प्रहरीको दाबी छ।

लामो समयदेखि फरार रहेकालाई सम्बन्धित न्यायालयमा उपस्थित गराउन तथा आफैँ न्यायालयमा उपस्थित हुन प्रहरीले चलाएको अभियानअन्तर्गत अघिल्ला वर्षको तुलनामा हालै सम्पन्न आर्थिक वर्षमा निकै सुधार आएको छ। फरार व्यक्ति पक्राउमा १० प्रतिशत र जरिवाना असुलीमा ४३ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्यांक छ। रासस
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.