ललितपुरमा बागमती नदी किनारमा पुरूषको शव भेटियो
काठमाडौं : ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारामा एकजना पुरूषको शव भेटिएको छ। आइतबार बिहान ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर १ को कार्यालय नजिकै बागमती नदी किनारामा अन्दाजी ४०/४२ वर्षीय पुरूषको शव भेटिएको ललितपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शव घोप्टो परेको अवस्थामा भेटिएको हो। शवको पहिचान खुलेको छैन। शव बाढीले कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया दिनुहोस !
५