नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज दुई सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँ तोकिएको छ।
अघिल्लो कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला सुन १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन १ लाख ३७ हजार ७२५ रुपैयाँ पुगेको छ। सुनको मूल्य घटेसँग चाँदी पनि घटेको छ। यसदिन चाँदी प्रतितोला १ हजार ७८५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ।
शुक्रबार चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !
५